शान्ति र मानवताको मूल नारा बोकी बज्रकिल्या फिल्म प्रोडक्सनको उद्घाटन
काठमाडौँ : नेपालको संस्कृति र धर्मको उजागर गर्दै नेपालको कला सँस्कृतीलाई विश्वसामु चिनाउने उद्देश्यले बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को औपचारिक उद्घाटन गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनिका सिइओ जम्पा फूर्वु दोर्जे लामाले प्रोडक्सनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका विषेश अतिथि तथा हलिउड चलचित्र ‘कालचक्र’का कार्यकारी निर्मातासमेत रहिसकेका जम्पा फूर्वु दोर्जे लामाले प्रोडक्सन हाउसले चलचित्र निर्माण मात्रै गर्ने नभएर यसले वृत्तचित्रलगायतका सामाग्री समेत निर्माण गर्ने जानकारी दिए। धर्मगुरु समेत रहेका लामा विश्व प्रशिद्ध पप गायक माइकल ज्याक्सन र नेल्सन मण्डेलाको परिवारसँग निकट रहेका छन।
लामाले प्रोडक्सन हाउसले पछिल्लो समय नेपालको संस्कृति र धर्मको उजागर गर्दै हराउँदै गएको कला संस्किृतलाई विश्वसामु चिनाउने उद्देश्य राखेको उल्लेख गरे। लामाले समाजसेवामा आवद्ध रहि बुद्ध पीस अवार्डसमेत पाइसकेका छन। उनले देश बिदेशबाट अन्तर्राष्ट्रिय कलाकार भित्र्याएर च्यारिटी गर्ने र च्यारिटीबाट आएको पैसा शिक्षा र स्वास्थ्य क्षेत्रमा दान दिने जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रोडक्सन हाउसका संचालक तेन्जिङ भोटियाले बज्रकिल्या फिल्म प्रोडक्सन हाउसले अब केहि सातापछि धर्म गुरु लामाको जीवनीमा आधारित ‘हिमाली लामा’ नामक वृत्त चित्र पिएनपि मिडियाको सहकार्यमा निर्माण गर्ने जानकारी दिए । धर्मगुरु लामा र तेन्जिङ भोटियाले निर्माण गरेको प्रोडक्सन हाउसमा १ करोड लगानी गरिएको छ।
‘शान्ति र मानवताको लागि चलचित्र’ भन्ने मूल नाराको साथमा स्थापना भएको बज्रकिल्या फिल्म प्रोडक्सन प्रा.लि.को उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्णलाई विश्व शान्तिको कामना गर्दै उपहारस्वरुप अगरबत्ती दिइएको थियो।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया