काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्छ : प्रवक्ता शर्मा
बनियानी, ९ कात्तिक : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्ने बताउनुभएको छ । काङ्ग्रेस शिवसताक्षी नगर समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उहाँले काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताउनुभयो ।
प्रवक्ता शर्माले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्नेमा जोड दिनुभयो । “एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे काङ्ग्रेस बलियो पार्टी बन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा १७० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो । नगर संयोजक पर्शुराम ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य देउमान थेवे, भक्ति सिटौला, काङ्ग्रेस नेता ओम सरावगीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया