नेपालमा सर्वसाधारण देखि राष्ट्रपति ,प्रधानमन्त्रीद्वारा टीका ग्रहण गरेका बिशेष तस्बिरहरु

इनेप्लिज २०७५ कार्तिक २ गते १५:२८ मा प्रकाशित

नेपालमा अझ पनि बिजया दशमीको टीका ग्रहण गर्ने कार्यक्रम जारी छ । सर्वसाधारणलाई मान्यजनका जान भ्याई नभ्याई भै रहेको छ । यसै गरि राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गरे।

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया