क्यानेडियन नेवा गुठी द्वारा “म्ह पूजा”को “जजंका “बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ असोज ३० गते २:५८ मा प्रकाशित

क्यानेडियन नेवा गुठी ले “म्ह पूजा”को लागि नभई नहुने सामाग्री “जजंका” बनाउने प्रशिक्षण कार्यक्रम हालै सम्पन्न गरेको छ। गुठीले प्रत्येक बर्ष संचालन गर्दै आएको म्हपूजा को लागि नभई नहुने “जजंका” क्यानडाम उपलब्ध नहुने भएकोले नेपाल बाट मगाउने गर्द्थ्यो। सोहि समस्या निराकरण को साथै नेवाः संस्कृति सबै लाई जानकारी गराउने र सास्कृतिक शीप हस्तान्तरण गर्ने उद्देश्यले गुठीले  ले युबा तथा अन्य सदश्यहरुको लागि सो जजंका बनाउने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।सो कार्यक्रमको प्रशिक्षण गुठीका जेष्ठ महिला सदश्य अस्ट कुमारी ताम्राकारले दिनु भएको हो ।

कार्यक्रममा गुठीका उपाध्यक्ष उत्तम माकजूले संस्कृति सम्बर्द्दनको लागि आफू संग भएको ज्ञान अरुमा संचार गर्न नसके संस्कृति लोप हुदै जाने भएको र संस्कृतिलाई जीबन्त राख्न युबा बर्ग महत्वपूर्ण संबाहक भएकोले युबा तथा अन्य ब्यक्तिहरुलाई लक्षित गरि सो प्रशिक्षण संचालन गरिएको हो भन्नु भयो।

प्रशिक्षणमा युबा सदस्य तथा स्वयमसेबकहरु रायना श्रेष्ठ , मन्सुन ताम्राकार, सर्बज्ञ श्रेष्ठ तथा कृसाज राजभन्डारीले प्रशिक्षक जेष्ठ महिला सदश्य अस्ट कुमारी ताम्राकार संग प्रत्यक्ष रुपमा जजंका बनाउने सिकेका थिए भने गुठीका कार्यकारिणी सदश्य रिकेश श्रेष्ठले अन्त्यमा सबैलाई धन्यबाद ब्यक्त गरेका थिए। साथै सो प्रशिक्षण कार्यक्रममा गुठीकाका कोशाध्यक्ष नरेश ताम्राकार तथा महिला सदश्य मौसमि ताम्राकारले सहजिकरण गर्नु भएको थियो।

सोहि कार्यक्रममा प्रशिक्षक तथा गुठीकाका जेष्ठ महिला सदश्य अस्ट कुमारी ताम्राकारले गुठीको लागी भनेर आफुले तयार पारेको म्हपुजा जजंका तथा देबता लाई चढाउने जजंका गरि ३०० वटा जजंका उपाध्यक्ष उत्तम माकजू लाई हस्तान्तरण गर्नु भएको थियो ।

 

गुठीले यस बर्षको “म्हपुजा” कार्यक्रम नेपाल सम्बत को तिथि अनुसार म्हपुजाकै दिन आउँदो नभेम्बर ८ तारिखका दिन ब्राम्प्टन मा गरिने भएको छ र सो कार्यक्रममा सहभागी हुन कोलागि गुठीको वेबसाईट मा दर्ता गर्नु हुन गुठीले हार्दिक अनुरोध गरेको छ ।

स्मरण रहोस, नेवाः समुदायको बिभिन्न चाँड पर्ब मध्य मौलिक तथा आफ्नो आत्माको पूजा गर्ने “म्हपूजा”पर्ब का बिभिन्न पूजा सामाग्री मध्य जजंका अनिबार्य सामाग्री हो ।सो जजंका काँचो धागोको माला जस्तो आकारमा पंचरंगी कपडाका टुक्राहरु सहितले गाँठो परेको हुन्छ भने सो जजंका लाई श्रीजना, सम्बर्द्दन तथा जीबनको पूर्णताको प्रतिकको रुपमा लिईन्छ। साथै पाँच रंगले हिन्दु समुदायले बिभिन्न देब देबी, प्रकृति, भाबना , शक्ति, ज्ञान ईत्यादिको प्र्तिकको रुपमा मान्छ भने बुद्द धर्माबलम्बीहरुले पंचबुद्दको प्रतिकको रुपमा मान्ने चलन छ ।

प्रतिक्रिया