एनआरएनए द्वारा अन्तर्राष्ट्रिय कबिता गोष्ठीको आयोजना

इनेप्लिज २०७५ असोज २७ गते २:०३ मा प्रकाशित

गैरआबासिय नेपाली संघ , भाषा साहित्य प्रबर्द्धन समिति द्वारा आयोजित अन्तर्राष्ट्रिय कबिता गोष्ठी भब्यताका सम्पन्न भयो । तुलसी दिवस ,राम प्रसाद ज्ञवाली , अशेष मल्ल ,शैलेन्द्र साकार ,धिरेन्द्र प्रेमषि ,रत्न शमशेर थापा ,सन्ध्या पहाडी ,प्रभा भट्टराई ,बिमला तिम्खेवा र रमेश पौडेल लगाएत नेपालका चर्चित कविहरुले रचना बाचन गरेको गोष्ठीमा एनआरएनएका अध्यक्ष भवन भट्टले हाइकु बाचन गरि गोष्ठी शुभारम्भ गरेका थिए । प्रवासी कविहरु जानकी गुरुङ,हिक्मत थापा ,युबराज गुरुङ्ग र भगवती बस्नेतले कबिता बाचन गरेका थिए ।

गोष्ठीमा एनआरएनएका पुर्ब अध्यक्ष जीवा लामिछानेले आफ्नो मन्तव्य राख्नु भएको थियो भने प्रमुख अथिती नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति डा. गङ्गा प्रसाद उप्रेती हुनुहुन्थ्यो ।र गोष्ठीको अध्यक्षता समितीका अध्यक्ष गोबिन्द प्रसाद गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया