कुलपति डा उप्रेतीलाई बधाई तथा शुभकामना

इनेप्लिज २०७५ असोज २५ गते २३:४४ मा प्रकाशित

सुरेन उप्रेती,

चार बर्षकोलागि नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति जस्तो गरिमामय पदमा पुन नियुक्त हुनु भएकोमा डा गंगा प्रसाद उप्रेतीलाई गैह्रआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमितिले भेटगरी बधाइ तथा शुभकामना प्रदान गर्यो । भाषा साहित्य उपसमितिका संयोजक गोबिन्द प्रसाद गौतम एनआरएनएका केन्द्रिय कोषाध्यक्ष तथा भाषा साहित्य उपसमितिका सल्लाहकार हिक्मत थापा समितिका सदस्य भगवती बस्नेतआदि सो टोलिमा सरिक हुनुहुन्थ्यो । उक्त टोलीले खादा पहिर्याई  उप्रेतीलाई बधाइ दिएको थियो । सो भेटमा नेपाली भाषा र साहित्यलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । एनआरएनको भाषा साहित्य उपसमितिले प्रज्ञाप्रतिष्ठान संगको सहकार्यमा गर्नलागेको अन्तर्राष्ट्रिय कविता गोष्टीका बारेमा पनि छलफल भएको थियो ।

प्रवाशमा रहेर पनि नेपाली भाषा साहित्यको र संस्कृतिको संरक्षण र प्रबर्धनमा एनआरएनले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै कुलपति डा उप्रेतीले धन्यवाद दिनु भयो । तपाईहरुले चालेको भाषा र साहित्यको विकाश अभियानमा हाम्रो सहयोग र सहकार्य निरन्तर रहनेछ भन्नुभयो । हामी सबैको उदेश्य भनेको नेपाली भाषा र साहित्यलाई अझै उचाइमा पुर्याउने भएको हुँदा सबैले आआफ्नो ठाउँबाट निरन्तर लाग्नु पर्ने कुरा बताउनु भयो । प्रतिष्ठानले अन्य मुलुकहरु संग पनि सहकार्य गर्दै नेपाली भाषा र साहित्यलाई बिस्तृत गर्न शुरु गरेको र यसलाई तिब्रताका साथ निरन्तरता दिने बताउनु भयो । यहि अक्टोबर १२ तारिकका दिन एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले सोल्टीहोटलको सभा कक्षमा अन्तर्राष्ट्रिय नेपाली कविता वाचन साँझको आयोजना गरेको कुरा संयोजक गोबिन्दप्रसाद गौतमले बताउनु भयो ।

प्रतिक्रिया