मेघा हस्पिटलद्धारा जेष्ठ नागरिकका लागि ५० प्रतिशत छुटको घोषणा,

इनेप्लिज २०७५ भदौ १८ गते ५:३४ मा प्रकाशित

मेघा हस्पिटलले नेपालमा सबै खाले जेष्ठ नागरिकका लागि कुनै पनि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । मेघा हस्पिटलका अध्यक्ष किशोर जंग राणाले सबै खाले जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन हस्पिटलले ५० प्रतिशत छुट दिने घोषणा गरेको बताए ।
असहाय र गरीब जेष्ठ नागरिकका लागि निःशुल्क सेवा दिनेछौं, अध्यक्ष किशोरजंग राणा

असहाय र गरीब जेष्ठ नागरिक भएको सिफारिस ल्याएमा शत प्रतिशत निःशुल्क उपचार सेवा हस्पिटलबाट दिनेछौं, अध्यक्ष राणाले भने, जेष्ठ नागरिकका लागि हाम्रो सामाजिक दायित्व छ यसलाई हामीले भुल्नुहुदैन ।

पैसाकै कारण कुनै पनि जेष्ठ नागरिकले अकालमा मर्नु नपरोस् यसका लागि हामीले मेघा हस्पिटलबाट जेष्ठ नागरिकका साथै अरु असाहयको लागि पनि उपचार सेवामा विशेष छुट वा निःशुल्क को व्यवस्था गरिएको पनि अध्यक्ष किशोर राणले बताए । प्रत्येक महिना १० जना अपांगका लागि निःशुल्क उपचार सेवा दिदै आएको पनि उहाँले जानकारी गराएका छन् ।

सरकारी क्षेत्रबाट हुनुपर्ने काम मेघा हस्पिटलले शुरू गरेकोमा यस किसिमको काम सर्हानीय र प्रशंसनीय छ र यसबाट सरकारले ठुलो पाठ सिक्नुपर्ने देखिन्छ । निजी क्षेत्रबाट मेघा हस्पिटलले शुरू गरेको यो सामाजिक सेवाले देशका सबै खाले जेष्ठ नागरिकका लागि विशेष सहयोग पुग्ने वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यले बताए ।

 

जेष्ठ नागरिक कोषका सभापति समेत रहेका रामकृष्ण कर्माचार्यले मेघा हस्पिटलका सल्लाहकारको रूपमा भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

प्रतिक्रिया