राजिनामा

त्रिलोचन सुबेदी २०७५ भदौ २३ गते २१:४५ मा प्रकाशित

हिजो जस्तै स्वार्थि छ यो शहर आजपनि
दौडिरहेका छन गाडिहरू।
चिच्याईरहेकाछन खलासीहरू
चियाको कुनै अम्मलीले चिया खाईरहने पसलजस्तो पुरानै छ प्राय गाडिको रूट
घडिका काटा जस्तै गरिरहेकाछन ओभरटेक, थोत्रा माईक्रोहरू
यहि शहरमा मौन छ एक आवाज
मोन छ एक हल्ला II
“कुनै एक उमेरले जब राजिनामा पत्र लियर आउछ
असहज लाग्छ
असामान्य लाग्छ
बडा कडा खालको मुड बनाउछु र बडा जोडले थर्काउछु
वडा जोडले हपार्छु
सेनाको कुनै ठुलो फुलिधारिले सिपाहिलाई हपारे जस्तो”

एकाएक केही असन्तुष्टि /केही बाध्यता जस्तो रङ्गमा पोतिएर कोहि देखापर्छ ।
ढोका हुदोहो त नक गर्थ्यो होला या सिधै लात्ताले हानेर भित्र पस्थ्यो ।त्याहा सबै खुल्ला थियो
खुल्लाथियो राजनिति
खुल्लाथियो रात
खुल्ला थियो प्रेम
खुल्ला थिय हातहरू ।।
सधै खालिहात लिएर आउने उमेर आज सानो कागजको चिर्कटो लिएर देखिन्छ
सधै नहेरिकन दौडने उमेर आज यतै तिरै आउने हाउभाउ गर्छ
डराएजस्तो गर्छ ।हिम्मत गरेजस्तोपनि।।
दुरि निक्कै नजिकिन्छ
उस्ले तेहि कागज टकार्छ
मौन राख्छ मुख !
कुनै एक उमेरले जब राजिनामा पत्र लियर आउछ
असहज लाग्छ
असामान्य लाग्छ
बडा कडा खालको मुड बनाउछु र बडा जोडले थर्काउछु
वडा जोडले हपार्छु
सेनाको कुनै ठुलो फुलिधारिले सिपाहिलाई हपारे जस्तो
उमेरको के जान्थयो र ?
एकोहोरो हेरिरहन्छ
मौन बसिरहन्छ
कुनै विशाल समुन्द्र बाट छाल उर्लेझै उर्लदैछ उस्का मनमा गालि
अनुहारमा अशन्तुस्टिको रङ्ग निकाल्छ
मेरो मनले अनुभव गर्छ ।।
अब म नरम हुन्छु म आफूलाई सम्झाउछु
उस्लाई फकाउछु
उ फिस्स हाँस्छ
र आफैले च्याँतेर जान्छ राजिनामा पत्र ।।
अब,जुनिभर आफू सङ्गै रहने सम्झौतापत्रमा दस्तखत गरेर
स्थायी नियुक्ति लिएर एक पुरानो उमेर नयाँ कर्मचारि खोज्न शहर पसेको छ राजिनामा पत्र च्यातेर II

 

प्रतिक्रिया