तीजको गीतमा पनि उत्तिकै सफल सुनिता अधिकारी (भिडियोसहित)

इनेप्लिज २०७५ भदौ ७ गते ९:४२ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायिका सुनिता अधिकारी यतिबेला तीजको नयाँ गीतका कारण चर्चामा छिन् ।

तीजको नाममा अनेक भड्किलो तीज आइरहेको बेला उनको नयाँ गीत क्यारम मायाले दर्शक र स्रोताहरुको मन जितिरहेको छ । युट्युवमा पनि यो गीत निकै रुचाइएको छ ।

‘अहिलेसम्म जतिले हेर्नुभयो, सबैले प्रशंसा गर्नुभएको छ । बिभिन्न ठाउँबाट कार्यक्रमको निम्ता पनि आइरहेको छ ।’- सुनिताले भनिन् । आफ्नो एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन् ।

उनले यसै बर्ष पानको मिसी नामक गीत गरेकी थिइन् । अहिलेसम्म उनको आफ्नो मात्रै ८ वटा वटा गीतहरु आइसकेका छन् ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=HkQERGCplIE

 

प्रतिक्रिया