स्काउटको फ्रेण्डसीप क्याम्प सम्पन्न

इनेप्लिज २०७५ वैशाख ३१ गते १०:५९ मा प्रकाशित

 

 

सुन्दरवस्ती, ३१ बैशाख ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ भटेनीमा रहेको मुनलाईट इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मुनलाईट स्काउट फ्रेण्डसीप क्याम्प २०७५ सम्पन्न भएको छ । इच्छाकामना वडा नं. ७ सुन्दरवस्तीमा रहेको देउराली आधारभूत विद्यालयमा आयोजित क्याम्पमा १ सय ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

क्याम्पमा मुनलाईट, लिटिल स्टार, स्टेप बाई स्टेप, पञ्चकन्या विद्या मन्दिर र सगरमाथा इङ्गलिस बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुको सहभागीता रहेको थियो । आयोजक संस्था मुनलाईट स्कुलका डाइरेक्टर चित्र बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्काउट चितवनका निमित्त आयुक्त रामप्रसाद पोख्रेल, वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर थापा मगर, देउराली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोध बहादुर गोले लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । सो क्याम्पमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका अतिरिक्त कुकिङ्ग प्रतियोगिता, लञ्च हाइक, साँस्कृतिक कार्यक्रम, क्याम्प फायर लगायतका कार्यक्रमहरुमा विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया