ताजा समाचार : अस्थाई सुरक्षित दर्जा(टिपीएस) रद्ध;अमेरिकामा काम गर्न पुन:दर्ता गर्नु पर्ने

इनेप्लिज २०७५ वैशाख १३ गते १८:४२ मा प्रकाशित

 

अमेरिकामा अस्थाई सुरक्षित दर्जा(टिपीएस) आधिकारिक रुपमा रद्ध भएको छ । अमेरिकन डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीले उक्त जानकारी अप्रिल २६ तारिख वक्तव्य निकाली जानकारी गराएको छ ।

अस्थाई  रुपमा बसोबास गर्ने र अस्थाई सुरक्षित दर्जा सुबिधा पाएकालाई उक्त सुबिधा जुन २४ ,२०१९ सम्म प्राप्त हुनेछ । तर काम गर्न अनुमतीको लागी पुन दर्ता गर्नु पर्ने छ । यसो भनेता पनि दर्ता प्रकिया सुरू गरिएको छैन ।

अस्थाई सुरक्षा दर्जा कि मुख्य व्यक्ति तथा होम ल्याण्ड सेक्युरिटी कि किर्स्टजेन निल्सेन ले नेपालीहरुलाई एक बर्ष छूट अवधि दिने बताएकी छिन । र जुन २४ ,२०१९ देखि नेपाली नागरिक र सुविधा पाएकोले जुन २४ पछि अमेरिका छोडनु पर्ने र स्वदेश फर्कनु भनेको छ ।

 

 

 

प्रतिक्रिया