प्रहरी निगरानी बढेसगैं नेकपा विप्लव समूह चितवनका नेता कार्यकता भुमिगत

इनेप्लिज २०७४ चैत ३० गते ११:०८ मा प्रकाशित

सुर्य बराल
चितवन चैत ३०,

जिल्ला प्रहरी कार्यालय चितवनले नेकपा विप्लव समूहलाई उच्च निगरानीमा राखेसँगै सो पार्टीका नेता कार्यकताहरु भुमिगत भएका छन् । अहिले जिल्ला ईन्चार्ज लाल बहादुर बि.सी., सेक्रेटरी ध्रुब लगाएतका दर्जनौं नेता कार्यकर्ताहरुको मोवाईल समेत स्वीचअफ छ । प्रहरीको पक्राउबाट बच्न सो पार्टीका नेता कार्यकर्ताहरु सुरक्षित स्थानतिर सिफ्ट हुदैं अघोषित रुपमा भुमिगत भएका हुन् । अज्ञात समूहको नाममा जिल्लामा विभिन्न अपराधिक घटनाहरु बढ्न थालेपछि चितवन प्रहरीले सो क्रियाकलापमा विप्लव पार्टीको सग्लनता रहेको भन्दै उनीहरुलाई पक्रन शुरु गरेलगत्तै सो पाटीका नेता कार्यकर्ताहरु भुमिगत हुन थालेका हुन् ।गत् मंगलबार मात्रै जिल्लामा अज्ञात समूहको नामबाट दुइवटा घटना घटे । भरतपुर महानगर वडा नम्वर १० का वडाध्यक्ष अरुण पिडित भण्डारी माथि अमानविय आक्रमण र कालिका कन्सट्रक्सनको केन्द्रिय कार्यालय भरतपुर–२ क्षेत्रपुरमा वम फिस्फोट गराउने घटना । यि दुबै घटनामा विप्लव समूहको हात रहेको प्रहरी दाबी रहेपनि हालसम्म सो पार्टीले घटनाको आधिकारिक जिम्मा भने लिएको छैन् । घटना लगत्तै चितवन प्रहरीले नेकपा विप्लव पार्टीका जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित ४ जनालाई नियन्त्रणमा लिएपनि उनीहरु घटनामा संग्लन नरहेको नेकपा निकट एक उच्च श्रोतले भण्डाफोरलाई बताएको छ । प्रहरीको निगरानी र कारबाहीबाट जोगिन जिल्लास्तरिय सक्रिय कार्यकर्ताहरु भुमिगत बनेपछि प्रहरीले सो पाटीका अन्य समर्थक र शुभचिन्तकलाई पनि निगरानी बढाएको चितवन प्रहरी निकट श्रोतले बताएको छ ।

यसैविच, गत् बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा व्यवस्थाका बारेमा गम्भिर छलफल गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । प्रजिअ भट्टले भने अराजक गतिबिधी गर्ने र अशान्ति फैलाउने हरुको पहिचान गरि कारवाहीको दायरामा ल्याउने छौं । जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउन सबै सुरक्षा संयन्त्रलाई निर्देशन दिइएको पनि प्रजिअ भट्टले जानकारी दिए ।

प्रतिक्रिया