काठमाडौंको फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते

इनेप्लिज २०७४ चैत १५ गते ५:४० मा प्रकाशित

१५ चैत, काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान  दुर्घटनामा परेकाे छ ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया