खोलेसिमल, चितवन, १० चैत्र ।
कालिका नगरपालिका वडा नं. ६ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, संस्थाका लेखा समिति संयोजक विष्णुमणि लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो खुल्ला रक्तदान कार्यक्रममा ४४ जना रक्तदाताले रक्तदान गरेका थिए ।
प्रतिक्रिया