पिएचडीमा पन्ध्र डायस्पोरिक नेपाली कवि

इनेप्लिज २०७४ फागुन ३० गते २१:२८ मा प्रकाशित

१४ मार्च , वाशिंटन डिसी

नेपालीहरु विश्वमा विस्तार हुने क्रम तिब्र रुपमा जारी भैरहँदा नेपालका विविध क्षेत्रका नेपालीहरु पनि त्यो विस्तारितताको भेलमा रहनु अस्वाभाविक होइन । विश्वमा नेपालीहरु गोर्खाली भनेर चिनिन्थे, तर अव विश्वले नेपाली डाक्टर पाएको छ, वकिल पाएको छ, समाजसेवी पाएको छ, इन्जीनियर पाएको छ, वैज्ञानिक पाएको छ र पाएको छ साहित्यकार पनि ।

यही मेलोमेसोमा प्रवासमा रहेका नेपाली साहित्यकारहरुको सिर्जनाको मूल्याङ्कन पनि हुन थालेको छ । त्यसको यौटा ज्वलन्त उदाहरण हो राम्जी तिमिल्सिनाको ” एक्प्लोरेसन इनटू द युज अफ रस इन नेपलीज डायस्पोरिक पोयट्री” शिर्षकमा नेपाल संस्कृत विश्वविद्यालयवाट गरिएको विद्यावारिधि । यो थेसिसमा उनले १५ डायस्पोरिक कविहरुको यौटा यौटा कविताको विष्लेषण गरेका छन् ।

त्यसरी अध्ययन तथा विष्लेषण गरिएका १५ कवि र तिनका १५ कविता यस प्रकार रहेका छन् :

१, “के छ त्यहाँ ?” होमनाथ सुवेदी (नेपाली डायस्पोराका कविता)
२, “घरदेखि परको घर” भारती गौतम(सेतु)
३, “भिक्टोरिया चोकमा उभिएर” रक्ष राई (अनेक डायस्पोराका कविता)
४, “मनभित्रको माया” सुरेशजङ्ग शाह( ग्रीनवीचका प्रतिध्वनीहरू)
५, “उता घरदेशमा” कृष्ण वजगाईं(अनेक डायस्पोराका कविता)
६, “म हराएको सूचना” रुपक श्रेष्ठ(अनेक डायस्पोराका कविता)
७, “कर्पोरेट वकुल्ला” राजव (उत्तर अमेरिकाका नेपाली कवि र कविता)
८, “क्यानाडाको लाइफ” गोविन्द सिं रावत
९, “स्वदेशको माया” देवनाथ भट्टराई (उत्तर अमेरिकाका नेपाली कवि र कविता)
१०,”ओ ! पोटोम्याक” मोहन सिटौला (नेपाली डायस्पोराका कविता)
११, “तस्वीर हराएको म” कपिल सिटौला (अनेक डायस्पोराका कविता)
१२, “फिर्ती टिकट” गोविन्द गिरी प्रेरणा (नेपाली डायस्पोराका कविता)
१३, “वनवास” नीलम कार्की निहारिका (नेपाली डायस्पोराका कविता)
१४, “जीवन गीत” गोवर्धन पूजा (नेपाली डायस्पोराका कविता)
१५, “नोष्टाल्जियामा भाइटीका” दीपा राई पुन (नेपाली डायस्पोराका कविता)

प्रतिक्रिया