टोरोन्टोमा नब आगन्तुकहरुको लागि “आर्थिक साक्षारता” सम्बन्धि सूचनामुलक कार्यक्रम

इनेप्लिज २०७४ फागुन ३० गते ०:५३ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवा गुठीको युबा समुहले नब आगन्तुकहरुको लागि “आर्थिक साक्षारता” सम्बन्धि सूचनामुलक कार्यक्रम हालै डाउन टाउन टोरोन्टोमा संचालन गरेको छ । कार्यक्रमको शुरुमा उपस्थित सबै लाई स्वागत गर्नु हुदै गुठीका उपाध्यक्ष उत्तम माकाजुले युबाहरुको क्षमता अभिबॄद्दि गर्ने उद्देश्यले ओन्टारियोको अध्यागमन तथा नागरिकता मन्त्रालयको सहयोगमा यो ५ महिने कार्यक्रम संचालन गरेको बताउनु भयो।

कार्यक्रममा “आर्थिक साक्षारता” बारे अन्तरकॄया शुरु गर्नु हुन्दै श्रोत ब्यक्ति एबम गुठीका सचिब रबिन प्रधानले नब आगन्तुकहरुले सुरुवात समयमा महत्वपूर्ण सूचनाहरु प्रबाह गर्नु भयो। अर्का श्रोत ब्यक्ति एबम गुठीका कार्यकारीणी सदस्य राजन श्रेष्ठले सरकार द्वारा प्रदान गरिने आर्थिक सुबिधा, बीमा तथा अपनाउनु पर्ने सतर्कता बारे प्रकाश पार्नु भयो ।गुठीका युबा सदस्यहरु एलभिसा श्रेष्ठ तथा सबातिना श्रेष्ठले संचालन गरेको सो कार्यक्रममा सहभागिहरुले सोधेका प्रश्नहरुको उत्तर समन्धित्त ब्यक्तिहरुले दिएका थिए।

ओन्टारियोको अध्यागमन तथा नागरिकता मन्त्रालयको सहयोग र गुठीको संयोजनमा गत नोभेम्बर महिना मा शुरुभएको सो कार्यक्रम यहि मार्च महिनामा समाप्त हुनेछ। सो कार्यक्रम अन्तर्गत युबाहरुकै सक्रियतामा नब आगन्तुकहरुको लागि रोजगार, स्वास्थ्य, बाल हेरचाह, महिला सशक्तिकरण, शिक्षा, दैनिक आबश्यकता तथा आर्थिक साक्षरता गरि ७ बिषयमा अन्तर कॄयात्मक कार्यक्रम संचालन गरि सकेको छ । कार्यक्रम संयोजक नबिन श्रेष्ठले परियोजनाको उपलब्धि तथा समिक्षा गर्ने उद्देश्यले आगामि मार्च २४ , शनिबारका दिन मिसिसागाको प्रीत पैलेस बांक्वेट हलमा सास्कॄतिक कार्यक्रम सहितको एक कार्यक्रम हुने जानकारीदिनु भयो।

प्रतिक्रिया