वोटर वाटर उद्योग संघको वनभोज तथा अन्तरक्रिया सम्पन्न

इनेप्लिज २०७४ फागुन २१ गते १२:२१ मा प्रकाशित

पोखरा । नेपाल वोटल वाटर उद्योग संघ प्रदेश नं. ४ कास्कीको आयोजनामा शनिबार वनभोज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संघमा आवद्ध पानी उद्योगी र डिलरहरुको विच पारस्परिक सम्बन्ध प्रगाढ राख्न साथै वजारमा शुद्ध पिउने पानी उपलब्ध गराउन एक रुपता ल्याउने उद्धेश्यले रमाईलो वनभोज कार्यक्रम राखिएको संघका अध्यक्ष यदुनाथ अधिकारीले वताए ।

संघका दितिय उपाध्यक्ष रविन्द्रमोहन अधिकारीले उद्योगी र डिलरहरु एक आपसमा मिलेर काम गर्नुपर्ने वताएका थिए ।

सो अवसरमा सल्लाहाकारहरु ऋषिराम सापकोटा र रामबहादुर कोईरालाले पानी अति महत्वपुर्ण खाद्य भएकोले ल्याव द्धारा प्रमाणित गरेर मात्रै विक्रि वितरण गर्नुपर्ने सुझाव दिएका थिए ।

संघका सचिव एवं कार्यक्रम संयोजक महेन्द्र राना, डिलरहरुको तर्फबाट देवबहादुर लामिछाने, दिपक सुवेदी, रामकुमार श्रेष्ठ, अर्जुन गुरुङ, विश्वराज वञ्जरा, सागर गिरी, केदार पहाडी, अर्जुन गुरुङ (स्प्रिङ्ले) लगाएतले वोलेका थिए ।

संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गंगाबहादुर गुरुङले, कार्यक्रमको वारेमा जानकारी अनुगमन संयोजक प्रेम क्षेत्रीले र कार्यक्रम संचालन महासचिव लेखबहादुर प्रधानले गरेका थिए ।एजेन्सी

प्रतिक्रिया