नेपाल सरकारले अमेरिकन कामदार ,बिद्यार्थी तथा संचार कर्मीलाई निम्न दस्तुर तथा लामो समय सम्मको प्रवेश आज्ञा दिने

इनेप्लिज २०७४ फागुन १८ गते १:५१ मा प्रकाशित

अमेरिकन राजदुताबासले एक छापा बिज्ञप्ति निकाली नेपाल सरकारले अमेरिकन कामदार ,बिद्यार्थी तथा संचार कर्मीलाई निम्न दस्तुर तथा लामो समय सम्मको प्रवेश आज्ञादिने कुरामा सहमति भएको उल्लेख गरेको छ ।

गत फेब्रुअरी २६ तारिखमा प्रकाहित छापा बिज्ञप्तिमा उक्त कुरा जनाएको हो । अमेरिकन सरकार ले खुशी व्यक्त गर्दै उक्त सम्झौता गत जनवरी १ तारिख बाट लागू हुने समेत उल्लेख गरेको छ ।

नेपाल सरकार अध्यागमन बिभागले नेपालको यात्रामा आएका अमेरिकन कामदार ,बिद्यार्थी तथा संचार कर्मीलाई यस्तो समय तथा दस्तुर लिने जनाएको छ ।

अमेरिकन कामदार या काम गर्ने लाई ३ बर्षको लागि $ १ सय ९० डलर दस्तुर लिने भएको छ भने बिद्यार्थीहरुका अलागी ५ बर्षको लागि $ ३ सय ६० डलर दस्तुर राखेको छ । यसै गरि संचारकर्मीलाई ५ बर्ष सम्म को लागि केवल $ १ सय ६० डलर दस्तुर राखिएको छ ।

माथि उल्लेख गरिएका समय अवधि तथा दस्तुर केवल अमेरिकन नागरिकको लागि मात्र लागू हुने छ । चाहे नवीकरणको लागि होस् या या पहिलो पटक निवेदन दिनेलाई उक्त समय अवधि प्रदान गर्ने तथा दस्तुर लाग्ने अमेरिकन दुताबासले जनाएको छ ।

यसको साथै अध्यागमन विभागले यात्राको लागि मासिक दस्तुर हटाएको छ । र यसको बिस्तृत जानकारी लिन नेपाल अध्यागमन बिभाग बाट लिन सकिने छ ।

यसको साथै पर्यटक प्रवेश आज्ञामा आएकाले काम गर्न तथा स्वयम् सेवक अनुमति पाउने छैन । यसो गरेमा कारागार ,देश निकाला तथा नेपाल आउन समेत प्रतिबन्ध तथा गहकिलो जरिवाना लगाइने समेत उल्लेख गरेको छ ।

http://www.nepalimmigration.gov.np./

प्रतिक्रिया