आगामी मार्च ४ तारिख आइतबारका दिन अमेरिकाका द्वय सीपीए ( प्रमाणित जन लेखापाल ) किरण “रोन ” सिटौला तथा पशुपति श्रेष्ठले सयुक्त रुपमा अमेरिकी करनीति र राष्ट्रपति ट्रम्प द्वारा पारित ” ट्याक्स कट तथा जव एक्ट ” को प्रवासीहरुलाई यसको असर जानकारी दिने भएका छन ।
सिटौला मेरिल्याण्ड राज्य स्थित इन्डिएन हेड शहरका निवासी तथा उक्त शहरका निर्वाचित उप नगर प्रमुख पनि हुन । सामाजिक संजाल द्वारा प्रत्यक्ष प्रसारण गरिने उक्त कार्यक्रम निकै महत्वपूर्ण भएकोले सहभागी हुन् सबैमा आग्रह गरिएको छ ।
अमेरिकी कर प्रणाली को ईतिहास ,अप्रवासीलाई कुन किन कर बुदा ले सहयोग गर्ने ,ध्रुत र ठग बाट कसरि बच्ने ? नि :शुल्क मा कर दाखिलाको सहयोग कहाँ पाइन्छ ? स्वास्थ्य र कर को के सम्बन्ध छ ?
र बजारमा रहेका बिभिन्न ट्याक्स (कर) सफ्ट वेयर को पक्ष र विपक्ष जस्ता कुराहरुको समेत छलफल गरिने छ । यस्तो मौका नछुटाउन सबैमा अनुरोध छ ।
प्रतिक्रिया