प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

इनेप्लिज २०७४ फागुन ११ गते १०:१२ मा प्रकाशित

काठमाडौं, फागुन ११ । सरकारले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाहकार थिए ।

रिमाल नेकपा एमालेको पोलिटब्यूरो सदस्यसमेत हुन् ।

प्रतिक्रिया