धुर्मुस–सुन्तली फाउडेशनले बनाएको सन्तपुर वस्ती हस्तान्तरण

इनेप्लिज २०७४ माघ २३ गते १०:५४ मा प्रकाशित

रौतहट माघ २३,   धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बाढीपीडितका लागि निर्माण गरेको ‘एकीकृत नमूना सन्तपुर वस्ती’ हस्तान्तरण गरेको छ।

मंगलबार सन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई बस्ती वसन्तपुर एकीकृत नमुना वस्ती हस्तान्तरण गर्नु भएको हो । यसअघि फाउडेशनले सिन्धुपाल्चोकको भूकम्प प्रभावित गिरानचौरमा नमुना वस्ती, काभ्रे पाँचखालको पहरी गाउँ र महोत्तरीमा मुसहर वस्ती बनाएर हस्तान्तरण गरेको थियो ।

वसन्तपुर नमुना वस्तीमा व्यवस्थित बाटोघाटो, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, वाल उद्यान र मन्दिरसहित ४७ आवासीय घर यहाँ बनेका छन्। भूकम्प प्रभावितका लागिसहित गरी यो धुर्मुस सुन्तली फाउन्डेसनको चौथो परियोजना हो।

प्रतिक्रिया