जीवनका रंगहरु ( Colors of Life) :अधिवक्ता बन्दिता शर्मा दाहाल तथा चिकित्सक शिल कुमार दाहाल

इनेप्लिज २०७४ माघ ३ गते १:५० मा प्रकाशित

 

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्ने छौ l

यस पटकको प्रस्तुतिमा अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको फेयर फ्याक्स क्षेत्रमा बसोबास गर्ने अधिवक्ता बन्दिता शर्मा दाहाल तथा चिकित्सक शिल कुमार दाहाल लाई निम्त्याएका छौ l

प्रस्तुतकर्ता “सुवास ढकाल “

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?

जीवन एक यात्रा हो ,अनुभवको संगालो हो l

२) खुशी (Happiness) के हो ?

हरेक अनुभवको सकारात्मक अनुभूति नै खुसी हो l

३) कर्तव्य (Responsibility) के हो ?

जीवन को उद्देस्य र आदर्शलाई पहिल्याउनु नै कर्तब्य हो l

४) सम्बन्ध (Relationship) के हो ?

आपस को साथ ,समझदारी ,प्रोत्साहन र ब्यबहारिकता नै सम्बन्ध हो

५) आत्मीयता (Intimacy) के हो ?

पारस्परिक सम्बन्ध ए माया नै आत्मियता हो l

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् ,अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता “सुवास ढकाल “

प्रतिक्रिया