केन्यामा बन्दि बनाईएका ७ नेपाली युवतीको उद्धार गरिएको छ l नेपाली युवती संगै ३ जना भारतीय महिलाहरुको पनि उद्धार गरिएको छ l भारतीय विदेश मन्त्री सुष्मा स्वराजले केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन् ।
विदेश मन्त्री सुष्मा स्वराजले मोम्बासामा राहदानी र भ्रमण ध्वनि (सेल फोन )लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।
उनले सामाजिक संजाल ट्वीटर मा उक्त कुरा लेखेकी छिन् l विदेश मन्त्री सुष्मा स्वराजले त्यहाँ बन्दी बनाइएका ३ भारतीय युवतीलाई उद्दार गर्ने क्रममा नेपाली युवतीको समेत उद्दार गरिएको हो । भारतीय युवतीहरु भारत आइसकेका छन् भने नेपालको परराष्ट्र मन्त्रालयले नेपाली युवतीलाई नेपाल झिकाउने बिषयमा थप जानकारी लिने काम भइरहेको जनाएको छ ।
प्रतिक्रिया