नेपाल जेसीजको ४४ औं महाधिवेसनको उद्धघाटन पूर्वप्रधानमन्त्री दाहाल द्वारा , युवा नेता विश्व प्रकाश शर्माको सहभागिता हुने

इनेप्लिज २०७४ पुष ८ गते १३:१३ मा प्रकाशित

नेपाल जेसीजको ४४ औं महाधिवेसन आज शनिबार देखी भैरहवामा शुरु भएको छ । पुस ८, ९ र १० गते तीन दिन सम्म चल्ने उक्त महाधिवेसन भैरहवा स्थित महेन्द्रसभा गृहमा महाधिवेसन सुरु भै रहेको छ l

उक्त महाधिवेसनको लागि अधिराज्यभरका बिभिन्न जेसीज शाखाबाट २ हजार भन्दा ज्यादा भैरहवा आईपुगेका छन् । यस महाधिवेसनले नयां नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष पदका लागि हाल सम्म ३ जना मैदानमा उत्रिएको बुझिएको छ l

अध्यक्ष पदमा लागी रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल, तिलोत्तमा जेसीज रुपन्देहीका विनोद सुवेदी र इटहरी जेसीजका महेश पौडेलबीच भिडन्त हुने भएको छ l यसैगरी ४ पद कार्यकारी उपाध्यक्षको लागी १४ जनाले र १२ पद उपाध्यक्षको लागी २१ जनाले उम्मेदवारी दिने देखिएको छ ।

जेसीज महाधिवेसनको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुस्पकमल दाहलले उद्धघाटन गरेका छन् l राष्ट्रिय महाधिवेसनलाई आज भैरहवामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्धाहरु सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्ने बताए l दाहालले मूलुक आर्थिक सम्वृद्धि को पाटोमा अगाडि डोर्याउन सबै दलबीच सहमति ,सहकार्य र समन्वय को जरुरी हुनु पर्नेमा जोड दिएका छन् l

यसै गरि महाधिवेसनको अवसरमा ९ गते भैरहवामा शान्ति रयाली, १० गते नयां नेतृत्वकोलागी चुनाब हुने भएको छ l महाधिवेसनले सीमान्त क्षेत्रमा लागू पदार्थको दुर्ब्यव्सनमा फसेका बेरोजगार युवाहरुलाई सृजनात्मक क्षेत्रमा आबद्ध हुन प्रेरणा प्रदान गर्ने उद्धेश्य सहित विशेष कार्यक्रम गरिने भएको छ ।

सन् १९९१ मा १७ औं महाधिवेसन गरेको जेसीआइ सिद्धार्थले पुनः ४४ औं महाधिवेसन गर्ने अवसर पाएको हो । सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीजको १ सय १७ देशमा शाखा विस्तार छ । १८ वर्ष देखी ४० वर्ष उमेर समुहका युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास गर्ने र विधीको शासन, मानवतावादी र विश्वबन्धुत्व भावना का मूल मन्त्रआई आत्मसाथ गर्ने जेसीज को मूल उद्धेश्य रहेको छ । नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छन् ।

महाधिवेसनमा स्वाथ्य मन्त्रि दिपक बोहरा, एमाले उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य घनश्याम भुसाल र नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा, जेसीजका अन्तर्राष्ट्रिय प्रशिक्षक मिलन गुरुंग, अन्तर्राष्ट्रिय उत्प्रेरक रमन नेपाली लगायत देश विदेशका ख्यातीप्राप्त व्यक्तिहरुको समेत सहभागीता रहनेछ । महाधिबेशनमा १ करोड ३५ लाख खर्च हुने बताईएको छ ।

प्रतिक्रिया