गुन्डा गर्दी सैलिमा पथरीशनिश्चरे १ का वडा अध्यक्ष

इनेप्लिज २०७४ मंसिर १० गते ३:३२ मा प्रकाशित
मंसिर ९ गते
काङ्ग्रेसको पक्षमा जनलहर बढेको देखेर  निरास भएका पथरीशनिश्चरेका वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बुले मापसे गरि पथरी उद्योग वाणिज्य सङ अध्यक्ष धनकुमार तामाङलाई कुटपिट गर्ने प्रयास गरेका छन  । शनिवार साझ दुइ जना एमालेका भरौते लिएर बसेका एङ्देनले धननकुमार तामाङ कार्यक्रमबाट घर फर्कने क्रममा कुटपिट तथा दुर्व्यवहार गर्न खोजेपछी परिवारले हाेहल्ला गर्दा परिवार माथि पनि दुर्व्यवहार भएकाे छ ।
एमालेका दुई युवा र वडा अध्यक्षले तामाङलाई हातपात गरेकाे थाहा पाएपछी समाजले लखेट्ने क्रममा वडा अध्यक्ष र उनका २ सहयाेगी सहयाेगि लुक्न सहयाेगिकाे घरमा पुगेका थिए ।  झगडामा सम्लग्न भएकाे अभियाेगमा  पुलिसले बाबुराम लाई र दुई युवालाई पक्राउ गरि लगेको छ । पक्रउ पर्नेमा एमालेका कर्यकर्ता भनिएका पर्वे परियार र देव साम्पाङले रहेका छन । देव चेलिबेटी बेचबिखन र सामुदायीक बनकाे अाथिक हिनामिनाकाे  अभियाेगमा पटक पटक कार्वाही भाेग्दै अाएका छन । मैले आफू मात्र नभएर गाउँ नै काङ्ग्रेसमा लगेको रिसले मर्नु भएर उनीहरु म माथी भिबिन्न गलत योजनाहरु बनाएर लाल्चना लाउने र पछिल्लाे समय एमालेले दादा गिरि सैलिमा गुन्डा संरक्षण गर्दै अाएकाे तामाङले बताए । सामाजिक गतिबिधीमा संलग्न धनकुमार माथी ज्यानको चिन्ता भएपछी गाउले एङदेन र ती युवा माथी खन्निएर इलाका बुझाएका छन । त्यहा समाजसेबिको पहिचान बनाउन सफल धनकुमारको क्रेज बढेसगै एमाले छाेडेर काङग्रेसमा प्रबेस गरेकाले समाज तामाङकाे पक्षमा उत्रीएका युवाहरु बताउछन । केही महिना अगि तामाङलाई एमालेले र वडा अध्यक्षले बिना कसुर मुदा चलाएर थुनाएकाे थियाे ।
तामाङकी श्रीमतीले घरमा ढुङगा प्रहार गरेकाे र हातपात गरि अपशब्द बाेलेकाे अभियाेगमा माद्घा दर्ता गर्न खाेज्दा प्रहरीले नलिएकाे र एमालेकाे पहलमा इलाकामै अाईन्दा यस्लाे नगर्ने भन्दै माफी मागेका वडा अध्यक्षले पत्रकार गाेपाल काफ्लेलाई समेत धम्काएका थिए । वडा अध्यक्षले दादा गिरि सैलिमा समाजमा मनाेमानि ढगले  कार्य गर्ने गरेका छन । वडा अध्यक्षलाई कार्वाहिकाे माग गर्दै समाज र युवाहरु ईलाका पुगेका थिए ।  प्रहरीले भने धनकुमार तामाङ र पर्वे परियारकाे झगडा भएकाे बताएकाे छ तर वडा अध्यक्ष पक्रउ नगरेकाे बताएकाे छ । उक्त घटनाकाे बारे एस पी अरूण बिसीले अाफै छानबिन गर्ने बताउनु भएकाे छ।

प्रतिक्रिया