बोष्टनमा साहित्यिक कार्यक्रम सम्पन्न, पुजालाई राजमित्र स्मृति पुरस्कार, अधिकारी तथा काफ्लेलाई अनेसास सम्मान ।

इनेप्लिज २०७४ मंसिर १० गते ३:१७ मा प्रकाशित

यम पौडेल \ नोभेम्बर २३, २०१७

अमेरिकाको बोष्टनमा सम्मान तथा साहित्यिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । गत आइतबार नोभेम्बर १८,२०१७ का दिन अनेसास बोष्टन च्याप्टरको आयोजना तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार को प्रायोजन मा एभरेट सिटिको हिमालयन हेरिटेज कल्चरल एकेडेमिमा आयोजित कार्यक्रममा अनेसास केन्द्रका महासचिव, कबि तथा साहित्यकार गोबर्द्धन पुजा लाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार व्दारा सम्मान गरियो । २५१ डलर नगद, सम्मान पत्र सहित फुलमालाले सम्मान गर्दै ऊहाको योगदानको बारेमा बताइएको थियो । सोहि कार्यक्रममा अनेसास बोष्टनका पुर्ब अध्यक्ष व्दय श्री अच्युत अधिकारी तथा हरि काफ्लेलाई पनि ऊहाहरुको दिर्घ साहित्य सेवा, योगदान र बोष्टनमा अनेसास मा रहि पुराएको योगदान को ऊच्च मुल्याँकन गर्दै सम्मान गरिएको थियो । त्यसैगरि बोष्टनका भेटघाट , स्टेज कार्यक्रम, भैली धौसी, सप्ताह आदिमा गितै गितले सबैको मन पगाल्ने लोक गायक मिन के सि लाई “मिनबन्धु “ ऊपाधि” ले सम्मान गर्दै कबितै कबितामै लेखिएको सम्मान पत्रव्दारा सम्मान गरियो । साथै कोलोराडो देखि आएर कार्यक्रमको प्रमुख आतिथ्यता गरेका अनेसास केन्द्र का पुर्ब अध्यक्ष ज्ञानेन्द्र गदाललाई पनि ऊहाको योगदानको स्मरण गर्दै मायाको चिनो सहित सम्मान गरियो ।

अनेसास बोष्टनका अध्यक्ष कबि लाल गोपाल सुबेदी को सभापतित्व र ऊपाध्यक्ष / कार्यक्रम सँयोजक यम पौडेलको कबितामय बाताबरणमा सँचालन भएको कार्यक्रममा राजमित्र स्मृति प्रज्ञा पुरस्कारका सँस्थापक शुसिल नेपालले गोबर्द्धन पुजालाई हार्दिक बधाइ दिदै पुरस्कार स्थापना को बारेमा प्रकाश पारेका थिए । प्रजातन्त्र प्राप्तिको लागी २००७ साल अगावै देखि लडेका बिराटनगरका स्व. बाबा राजेन्द्र प्रसाद नेपाल तथा दिवँगत माता मित्रबिन्ध्याको श्रद्दा सम्झनामा ऊहाहरुको नाम जिबन्त राख्ने ऊद्देश्य सहित नेपाली साहित्यप्रेमि छोरा बुहारी शुसिल नेपाल तथा सुमन नेपाल ले मोती जयन्तीको अवशरमा सेप्टेम्बर ६, २०१४ मा यस पुरस्कारको स्थापना गरेका थिए । पहिलो पटक सेप्टेम्बर १९, २०१५ मा साहित्यकार भारती गौतमलाई यस पुरस्कार व्दारा सम्मान गरिएको थियो । दोश्रो पटक लेखक तथा साहित्यकार दिनेश राजभण्डारीलाई मिति सेप्टेम्बर २४, २०१६ मा सम्मान गरियो । यस पटक पिडा अवतार, वाचल ओठहरु, अनामनगरकि अम्बिका लगायत नौ कृति प्रकाशित गरिसकेका, नेपालमा युवाबर्ष मोति पुरस्कार प्राप्त ब्यक्तित्व गोबर्द्धन पुजालाई प्रदान गरियो । यस प्रकारको काम गर्न पाऊनु आफुहरुको लागि सौभाग्य भएको र सबैको हौसलाले गर्दा यसै सँस्था मार्फत नेपालमा पनि केहि गर्ने ईच्छा भएको कुरा बताऊदै सँस्थाको सभापतिमा हरि काफ्लेलाई र ऊपसभापतिमा यम पौडेललाई चयन गरिएको कुरा श्री नेपाल ले बताए ।

कार्यक्रममा अनेसास बोष्टनका सचिव कृष्णराज खनालले स्वागत भाषण गरेका थिए । नेपाल बाट आएका बिव्दान पुर्व वालिङ क्याम्पस चिफ तेज प्रसाद काफ्लेले सँस्कृति भाषाबाटै स्वस्तिक शुभकामना मन्तब्य दिएका थिए । सम्मानित ब्यक्तित्व गोबर्धन पुजा ले राजमित्र पुरस्कार प्राप्तिबाट आफुलाई थप जिम्मेवारी बोध भएको कुरा बताए । अर्का सम्मानित ब्यक्तित्व पुर्व अध्यक्ष अच्युत अधिकारीले शुरुका दिनमा बोष्टनमा नेपाली साहित्यिक आगन चिन्न निकै गाह्रो भएको कुरा बताए । त्यसैगरि निबर्तमान अध्यक्ष हरि काफ्लेले आफु सम्मानित हुदा आभारी महसुस भएको अनुभव सुनाए । कलाकार मिन के सि ले भने निकै मिठो गित सुनाएका थिए । सबै नेपाली सँघ सँस्थाको तर्फबाट हिमालयन लायन्स क्लवका अध्यक्ष राम थापाले सबैलाई शुभकामना दिएपछि कबि साहित्यकारहरुका कविता तथा रचना बाचनले कार्यक्रम जमेको थियो । साना बालबालिकालाई पनि नेपाली गित कबितामा सरिक गराऊदै लग्ने हेतुले शुरुमै सानी नानी सिम्रन पौडेलको कबितालाई स्थान दिइएको थियो । क्रमस: घतलाग्दा कबिता रचना बाचनले हल जमेको थियो । त्यस्ता कबि साहित्यकारहरुमा कबि लाल गोपाल सुबेदी, अच्युत अधिकारी, अनु शाह, अनेसास न्यु ह्याम्सायरका अध्यक्ष कृष्ण गिरि,ऊपाध्यक्ष हरिमाया खतिवडा, ईन्दिरा दँगाल, भोला सिवाकोटी (पुरानाघरे),पेशल पोखरेल आदी हुनुहुन्थ्यो ।

निकै धेरै नेपाली कवि तथा साहित्यकारहरु बसोबास गर्ने बोष्टनमा निकै साहित्यिक कार्यक्रम हुने गर्छन । आजकल रचना बाचन गर्नेहरुको सँख्या पनि ह्यात्तै बढेको छ । यहा वरपर सबोबास गर्नेहरुबाट ऊल्लेख्य नेपाली कृतिहरु पनि प्रकाशित भइसकेको अबस्था छ । पछिल्लो समय नेपाली कम्युनिटि सेन्टर बनाऊने ऊद्देश्यले अगष्टमा आयोजित “बोष्टन सप्ताह” मा सबै नेपालीहरु जुटन सम्म जुटेका र खटन सम्मा खटेकाले अनेसासले नियमित गर्ने मोति जयन्ती र लक्ष्मी जयन्ती पनि ढिला हुन गएको थियो त्यसपछि भएको यसै सम्मान कार्यक्रममा मोति र देबकोटा दुबै प्रति श्रद्दा सम्झना अर्पण गरिएको र कार्यक्रमको दिन औसी परेकोले देबकोटा जयन्ती को रुपमा साहित्यिक कार्यक्रम थालिएको र देबकोटाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

बोष्टनमा रहेका नेपालीहरु कुनै पनि सकारात्मक कार्यक्रममा ऊल्लेख्य रुपमा जुटने गर्छन । नेपाल र नेपालीको इज्वत बढाऊने कार्यक्रममा सहभागिता जनाऊछन । यस साहित्यिक कार्यक्रममा पनि सामाजिक क्षेत्रका धेरै नेपालीहरु सहभागी भएका थिए । ग्रेटर बोष्टन नेपाली कम्युनिटि, पशुपतिनाथ बुद्द फाऊण्डेशन, एन आर एन बोष्टन, बोष्टन तमु समाज, बिश्व महिला सँजाल एन डब्लु जि एन, आदीका पदाधिकारीहरु कार्यक्रमको अन्तिम सम्म बसेका थिए ।

कार्यक्रमको अन्तिममा राजमित्र स्मृति प्रज्ञा पुरस्कार को स्थापना गर्ने शुसिल नेपाल तथा सुमन नेपाल लाई अनेसासको तर्फबाट सम्मान गर्दै अनेसास का अध्यक्ष लाल गोपाल सुबेदीले कार्यक्रमको समापन गरेका थिए । प्रज्ञा पुरस्कारको तर्फबाट ब्यबस्था भएको नेपाली परिकार लिदै सहभागी सबैले कार्यक्रमका प्रायोजक शुसिल नेपाल परिवारलाई बधाई तथा मुरिमुरी धन्यबाद दिएका थिए ।

प्रतिक्रिया