स्थायी सरकारसंँगै काठमाडौँको विकासले गति लिन्छ ः शाक्य

इनेप्लिज २०७४ मंसिर ९ गते १५:०३ मा प्रकाशित

काठमाडौँ, ९ मंसिर (रासस) ः काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अब बन्ने स्थायी सरकारसँगै काठमाडौँको विकासले पनि गति लिने बताउनुभएको छ ।

आफ्नै निवास रहेको वडा नं २१ मा आज वामगठबन्धनद्वारा आयोजित चुनावी भेलालाई सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘‘अहिले हामीले जुन गतिमा काम गरिरहेका छौँ । त्यो गति अब वामगठबन्धनको सरकार आएपछि झनै बढ्छ । त्यसैले वाम गठबन्धनका उम्मेदवारलाई जिताई काठमाडौँको विकासनिर्माण गर्न सहयोग पु¥याउनु होस् ।’’

उहाँले आफू निर्वाचित भएपछि काठमाडौँको विकासको मुहार फेरिँदै गएको जिकिर गर्दै अब चाँडै काठमाडौँका जनताका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, प्रदेश ‘क’ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यलगायतले निर्वाचनको वातावरण वाम गठबन्धनतिर ढल्किरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया