बिश्व प्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा भिड्दै अभि बस्ताकोटी

इनेप्लिज २०७४ कार्तिक २३ गते ०:४२ मा प्रकाशित

७ नोभेम्बर ,क्यानाडाको टोरन्टोमा हुन गईरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा हाल अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ बर्षिय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन । नोभेम्बर ९ देखि ११ मा हुन गईरहेको उक्त प्रतिस्पर्धामा बिश्वका बिभिन्न मलुकका ६४ जना म्युजिक कम्पोजरहरु छनौटमा परेका छन ।

प्रतिस्पर्धिहरुले उक्त अवार्ड जित्नका लागि बिभिन्न चरणहरुमा आफ््ना १५ वटा सांगितिक प्रस्तुति गर्नुपर्नेछ । साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेकोे उक्त प्रतियोगिता सांगितिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसे ढुङ््गा मानिन्छ ।

आयोजकहरुले जनाए अनुसार बिगतमा यस प्रतियोगिताबाट छनौट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन ।

संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रिेलिया, अफ्रिका लगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसंगै नेपाली मुलका बस्ताकोटी छनौटमा परेका हुन । उक्त प्रतियोगितामा छनौटमा परेका नेपाली मुलका उनी पहिलो ब्यक्ति हुन ।

बिगत दुइबर्षदेखि सांगितिक क्षेत्रमा लागेका उनले पाश्चात्य संगितको क्षेत्रमा (खास गरी हिपहप र आर एण्ड बि म्युजिक) मा हस्तक्षेपकारी भुमिका निबार्ह गर्दै आएका छन् । उनको संगितमा अमेरिका, क्यानाडा, बेलायत लगायतका गायक गायिकाहरुले स्वर भरेका छन ।

उनले सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा भएको बिट ब्याटलस्स प्रतियोगितामा पनि अवार्ड प्राप्त गरेका थिए । उनको सांगितिक यात्राका बारेमा बिश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानाडा, गुड जुस बक्स लगायत पत्रिकाहरुमा पनि बारम्बार प्रकाशित भएका छन् ।

बासुदेव भट्टराई /नर्थ क्यारोलाइना

बस्ताकोटीका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया