क्षेत्रिय संगठन संखुवासभा समाज बेलायतमा गोर्खा सैनिक निर्वाचित

इनेप्लिज २०७४ कार्तिक २० गते ०:२९ मा प्रकाशित
लण्डन, कार्तिक १९ । संखुवासभा समाज वेलायतको क्षेत्रिय संगठनमा पूर्व गोर्खा सैनिक रिटायड सार्जन्ट चित्र गोमदेन,कर्पोरल भिम आले मगरलगायत निर्वाचित संघमा श्रीमती बसुन्धरा याक्खा राई अध्यक्षमा चयन भएकी छन् ।
 
केन्टस्थित आश्फोड मतदान केन्द्रमा मतदाताहरुले उत्साहजनक मतदान गर्न हजारौ संख्यामा उपस्थित रहेका थिए । संखुवासभा समाज बेलायतको छैठौ राष्ट्रिय महाधिवेशनमा बसुन्धराकी प्रतिद्वन्द्वीहरुले उम्मेदवारी फर्काए पछि उनि सहमतिबाट चयन भएकी हुन् । 
 
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा नैनसिंह गुरुङ्ग, उपाध्यक्ष पदकालागि टीका लोहोरुङ्ग,सेमन्त राई, श्रीमती हेमकला गुरुङ्ग राना निर्वाचित भएका छन्् । महासचिबमा टेक कुलुङ्ग राई  विजयी भए भने सचिब पदमा श्रीमती सीता राई, उपमाहसचिबमा भिम आले मगर, मणि लोहोरुङ्ग राई कोषाध्यक्षमा दोस्रो गोर्खा रेजिमेन्टबाट गतसाल अवकाश भएका पूर्व यातायात सेकेन्ड इन कमान्ड सार्जन्ट चित्र गोमदेन तामाङ्ग, सह-कोषाध्यक्षमा गजेन थकलङ्ग लिम्बु, तुलविर वनेम लिम्वु र बलराम राई निर्वाचित भएका छन् । प्रोपर्टी विभागकालागि सुन्दर लिङ्गथेप चयन भएका छन् ।
 
संघका युवा संयोजकमा कमल गुरुङ्ग, सदस्यमा मेगनाथ राई, पत्रकारिता क्षेत्रकालागि सुमन याक्खा राई र फोटो पत्रकारिताकालागि जय लिम्बु छनौट गरिएको निर्वाचन आयोगका प्रमुख विजय लिङ्गथेपले जानकारी गराए ।
 
महिला संयोजककालागि श्रीमती शुसिला राई निर्वीरोध भएकी छन् । उनको एकल उम्मेदवारी परेपछि राई निर्विरोध भएकी हुन् । त्यस्तै उक्त संस्थाकालागि अन्य विभागिय पदहरुकालागि सावित्रि राई, विना जिमी, रुपा लिम्वु, ईन्द्र गुरुङ्गर,गीता थापा मगर र सन्तमाया गुरुङ्ग सर्वसहमतमा चयन भएका छन् । 
 
को हुन् बसुन्धरा याक्खा राई ?
संखुवासभा मामलिङ्गमा जन्मिएकी बसुन्धराले चैनपुर नगरपालिका वडा नंम्बर ८ चापामा बाल्यकाल विताएकी थिईन । उनि एनआरएन एनसिसि (२०११-२०१३) को सदस्य समेत रहेकी याक्खा राई विभिन्न संघ संस्थामा पनि आवद्व छिन्  । 
सन् २००८ देखि नै संखुवासभा समाजमा आवद्व दुई पटक संघको उपाध्यक्ष पदमा रहेर संस्थालाई योगदान गरिरहेकी याक्खा राई विद्यार्थी जीवनदेखिनै सामाजिक कार्यमा सक्रिय थिईन् ।
 
बेलायतस्थित लण्डन बस्दै  आएकी याक्खा राई दुई बर्षसम्म यहाँको व्यस्त दैनिकीमै दिन विताए । बिस्तारै बेलायतको व्यस्त दैनिकीलाई छिचोल्दै उनि यस संगठनको अभियानमा होमिएका हुन् । संखुवासभा समाजको (२०१३-२०१५)उपाध्यक्ष र (२०१५-२०१७) का बरिष्ठ उपाध्यक्ष बनेकी याक्खा राईले आफ्नो नेतृत्वमा नेपालका भूकम्पपीडितकालागि बेलायतमा आर्थिक संकलन कार्य गरी संखुवासभा समाज बेलायतको पहलमा पीडितहरुलाई राहात वितरण समेत गरेकी थिईन ।

प्रतिक्रिया