काठमाडौँमा पाचौ ईनास पुरस्कार भव्यताको साथ सम्पन्न ,हरि शर्मा उत्तर अमेरिकाका प्रादेशिक संयोजकमा निर्वाचित

इनेप्लिज २०७४ कार्तिक १ गते २१:२१ मा प्रकाशित

हरेक बर्ष आयोजना गर्दै आएको ‘इनास अवार्ड’ गत असोज २७ गते (१३ अक्टुबर) काठमाण्डौंमा भव्यताको साथ सम्पन्न भएको छ l अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) को उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ का पूर्व अध्यक्ष शेष घलेले उद्घाटन गरेका थिए l

एनआरएनए को ८ औ बिश्व सम्मेलनको ठिक एक दिन अगाडी कार्यक्रम भएको थियो भने पाचौ ईनास अवार्डलाई बिगतको जस्तै भब्य र मर्यादित रुपमा सम्पन्न भयो l

पाँचौ इनास अवार्ड, २०७४ का अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट व्यक्तित्वहरुलाई ‘इनास विशिष्ट सम्मान’ प्रदान गरिएको थियो l अवार्ड समारोहमा संस्कृतिविद सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, चलचित्रकर्मी चेतन कार्की, गायक प्रेमध्वज प्रधान, नृत्यांगना श्रीमति विमलाश्रेष्ठलाई इनास विशिष्ट सम्मान प्रदान गरियो l

संस्कृतिविद सत्यमोहन जोशीलाई गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पदा प्रवर्धनसमिति र इनासले संयुक्तरुपमा सम्मान प्रदान गर्ने निर्णय गरेको थियो l

पाँचौ इनास पुरस्कार समारोहमा वरिष्ठ कलाकार द्वय मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो। बिश्व मा जति एनआरएनए शाखाहरु छन् झन्डै त्यतिनै इनास का शाखाहरु छन l अधिकांश मुलुकमा गरिने एनआरएन को सांस्कृतिक कार्यक्रम को जिम्मा इनास ले लिने गर्छ l सबै राष्ट्रमा एनआरएन संग इनास ले समन्वय गरि कार्यक्रम गर्ने गर्दछ l

यसै गरि ईनास अमेरिकाका सल्लाहकार तथा डीसी क्षेत्रका लेखा परीक्षक हरि शर्मा उत्तर अमेरिका कै लागि प्रादेशिक संयोजक (रिजनल कोअर्डीनेटर )मा २०७४/२०७६ को लागि निर्वाचित भएका छन् l अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाका अध्यक्ष आनन्दु लामाले नेतृत्व लिए पछि निकै क्रियाशीलतामा वृद्धि भएको छ l

उनले डीसी क्षेत्र का एनआरएन शाखाहरु संग समन्वय राखी नेपालको संस्कृति ,कला तथा परम्परालाई सम्बर्धन प्रबर्धन गर्ने क्रियाकलापमा इनासले अहम भूमिका निर्वाह गर्ने र जिम्मेबारी बहन गर्ने बताए l

यसै गरि इनासले बिरामी तथा उपचार गराई रहनु भएका नेपालका वरिष्ठ संगीतकार र गीतकार पूर्ण गुरुङ लाई इनासको तर्फ बाट इनास मेरिल्याण्ड का अध्यक्ष कन्हैया सिंह द्वाराले केहि आर्थिक सहयोग गरेको इनास का अमेरिकाका अध्यक्ष आनन्दु लामाले बताए l

 

तस्बिर :अनलाइन खबर

 

प्रतिक्रिया