बानाको सामुदायिक स्रोत केन्द्रलाई सहयोग दिने क्रम बढदो

इनेप्लिज २०७४ असोज ४ गते १:४७ मा प्रकाशित

बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )ले शुरू गरेको सामुदायिक स्रोत केन्द्रको लागि वाल्टीमोर र मेरिल्याण्ड मात्र नभई अमेरिकाका विभिन्न स्थानहरूवाट आर्थिक सहयोग प्राप्त भएको छ।

गत सेप्टेम्बर १७ तारिख आईतवारका दिन वानाले स्थानीय काठमाडौँ किचेन मा एनआरएन को छैठौ बार्षिक साधारण सभामा भाग लिन आएका र निर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्ने क्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल र राधा पौडयाल ले एनआरएनको उदेश्यनै स्थानीय संघ संस्था लाई सहयोग गर्ने र सामुदायिक केन्द्र निर्माणमा सहयोग जुटाउने भएकाले व्यक्तिगत तथा संस्थागत हिसावले सहयोग गर्ने प्रतिवद्दता जनाउनु भयो ।

एनआरएन अमेरिकाका नव निर्वाचित बोर्ड अफ डिरेक्टर तथा प्रवासी नेपाली मंच अमेरिकाका पूर्व अध्यक्ष संजय थापाले पनि व्यक्तिगत र एनआरएनए को तर्फवाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै प्रवासी नेपाली मंच को तर्फ वाट संस्थागत हिसावले सहयोग गर्ने कुराको पनि छलफल भईरहेको वताउनु भयो ।

यस्तै अर्का बोर्ड अफ डिरेक्टर गोपेन्द्र भट्टराईले यस्ता कार्यहरूको सहयोग गर्नु नै एनआरएनए जस्तो संस्थाको दायित्व र कर्तव्य भएको बताउदै आफुले पनि सक्दो सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा क्याली फोर्निया देखि आउनु भएका एनआरएन क्याली फोर्निया शाखाका अध्यक्ष रामवावु पाण्डे ले आफु सधै यस्ता कार्यको लागि व्यक्तिगत तथा संस्थागत हिसावले लागिरहेको र यस कार्यको लागि पनि खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तत्काललाई २,५००.०० डलर सहयोग गर्ने यो सहयोग पुन थप गर्ने वताउनु भयो ।

उहाँले आफु र आफ्नो संस्थाको तर्फवाट उल्लेख्य सहयोग जुटाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।रामबावु पाण्डे यस्ता कार्यक्रमहरूमा सहयोग गर्ने एक समाजसेवीका रूपमा चिनिनुहुन्छ र उहाँको सहयोगले वानाको सामुदायिक स्रोत केन्द्र को लागि महत्वपूर्ण भुमिका खेल्ने छ।

त्यस्तै कार्यक्रममा एनआरएनका अन्य निर्वाचित पदाधिकारीहरू विष्णु साह, प्रीति सागर खत्री,अमृत कट्टेल ले समेत ले वानाको यो कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

नव निर्वाचित एनआरएन कमिटीलाई स्वागत गर्ने र सामुदायिक स्रोत केन्द्रको वारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको यस कार्यक्रम मा वानाकी अध्यक्ष अनु वन्त,वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्त कोषाध्यक्ष लक्ष्मी भारती तथा सल्लाहाकार कृष्ण जीबी पन्त र समाजसेवी माधव बहादुरपन्त ले सबैलाई स्वागत गर्नु भएको थियो ।

वाना का निवर्तमान अध्यक्ष तथा प्राबिधिक समितिका संयोजक कुल मणि आचार्यले स्रोत केन्द्र को वारेमा छोटो जानकारी दिनुभयको थियो। त्यस्तै कार्यक्रम मा वानाको यस कार्यलाई सहयोग पुर्याउन स्थानीय राजन त्रियाठी, काठमाडौँ किचेन का संचालक किरण पन्थ लगाएतले महत्वपूर्ण भुमिका खेल्नु भएको थियो।

कार्यक्रममा पत्रकारहरू विजय घिमिरे र सच्ची मैनाली को पनि उपस्थिति हुनुहुन्थ्यो । यसै कार्यको लागि वानाले आगामी आईतवार सेप्टेम्बर २४ का दिन पनि सोहि काठमाडौँ किचेन मा खास गरि संघ संस्थाका प्रतिनिधि आजीवन सदस्य तथा वानाका पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्य सहित सम्पूर्ण बीचमा श्रोत केन्द्र को वारेमा जानकारी दिने र आर्थिक संकलन गर्ने कार्यक्रम राखेको छ ।

यस कार्यक्रममा उपस्थिति भईदिनुहुन वानाले सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको छ।

आगामी कार्यक्रम मिति: September 24th 2017 Sunday समय: विहान ११ बजे देखि दिउसो २:०० सम्म स्थान: Kathmandu Kitchen, 22 Allegheny Ave Towson MD 21204

प्रतिक्रिया