नयासक्ति कतारले ८ सेप्टेम्बरमा दोहा क्षेत्रीय भेला गर्ने!

इनेप्लिज २०७४ भदौ २२ गते १७:१५ मा प्रकाशित

ध्रुब क्षेत्री- दोहा’ भाद्र २२, प्रबासी मजदुरको साथि नयासक्ति भन्ने मोटोलाइ आत्मसाथ गर्दै भोलि ८ सेप्टेम्बर सुक्रबारका दिन नयासक्ति पाटि नेपाल को प्रबाश भात्री संगठन अन्तरास्ट्रिय नेपालि समाज कतार ले दोहा को ढाका रेस्टुरेण्ट को सभा हलमा दोहा क्षेत्रीय भेला तथा आन्तरिक प्रसिक्ष्रण गर्ने भएको छ! कार्यक्रम आयोजक का अनुसार उक्त भेलामा बिभिन्न सास्कृतिक कार्यक्रम तथा ‘राजनीतिक स्थायित्व,समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक आन्तरिक अन्तरक्रिया समेत हुने छ! साथै नयासक्ती छाडेर हिडेका लम्पसारबादी लेन्डुपहरु बाट नयासक्ति पाटि नेपाल तथा कतार संगठन प्रति पारेको भ्रम चिर्न समेत मद्दत गर्ने आयोजकको बुजाई छ !

नयासक्ति पाटि नेपालले पाटि को नीति बिपरित काम गरेको भन्दै अनुसासन उल्लघन गरेको आरोपमा कतार कमिटिका पुर्ब संयोजक बीबी खराललाइ जेस्ठ महिना मा नै सादर्ण सदस्या मात्र रहने गरि कारबाही गरे देखि कतार संगठन संयोजक बिहिन रहेको थियो र केहि हप्ता पहिला मात्र पुनरगठित संगठनका संयोजकमा देब परिवार मनोनित भएका छन् भने प्रवक्ता मा ध्रुब क्षेत्री ले नै निरन्तरता पाएका छन् साथै आर्थिक बिभाग प्रमुखमा दुर्गा भुसाललाइ जिम्मा दिएको छ, भने संगठनले १०१ अधिबेसन आयोजक कमिटि निर्मार्ण गरेको छ! नयासक्ति को प्रबाश भात्री संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारका अनुसार पाटी केन्द्र ले हाल मावोबादी केन्द्र मा समाहित भएका बीबी खराल लगाएत चार जनालाइ पाटि को सादर्ण सदस्या समेत नरहने गरि निस्कासन गरेको जनाएको छ!

दोहा क्षेत्र तथा प्रसिक्ष्रण भेला आयोजक अन्तरास्ट्रिय नेपालि समाज कतार ले कतार स्थित सम्पुर्ण नयासक्ति पाटि, (आर्थिक सम्रिद्दी , सुशासन ५श: सम्मुनत समाजबाद लगाएत ) प्रति बिस्वाश राख्ने बौदिक बेक्तित्व, कतार स्थित नेपाली वेबसाई तथा सम्पुर्ण नयासक्ति नेपाल पाटिका सुभ चिन्तकहरुलाई दोहाको क्रेजी सिग्नल नजिक ( दोहा बसपार्क बाट ७ मिनेट पैदल एरपोर्ट रोड) ढाका रेस्टुरेण्ट मा उपस्थित भएर भेलाको गरिमा बडाउन र सल्लाह सुजाब आधांन- प्रदान गर्न सबैमा आग्रह गरेको छ!

प्रतिक्रिया