“पन्चे बाजा” मा नाच्दै, दोहोरीमा जम्दै पन्ध्रसय नेपालीको सहभागितामा बाल्टिमोरमा म्याग्दी बनभोज सम्पन्न

इनेप्लिज २०७४ भदौ २० गते १८:३० मा प्रकाशित

६ सेप्टेम्बर २०१७ – अमेरिकाको राजधानी यरिया: भर्जिनिया, डिसी, म्यारिल्याण्ड क्षेत्रमा हुने गर्ने नेपाली बनभोज-कार्यक्रमहरु मध्ये सबैभन्दा धेरै नेपालीहरु – १,५०० पन्ध्रसय ? भन्दा बढ्ता नेपालीहरुको सहभागितामा म्याग्दी समाजको बार्षिक बनभोज भब्यताकासाथ बाल्टिमोरमा सम्पन्न भएको छ।

पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यका लागी नेपाल सरकारका महा-बाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा बनभोज-कार्यक्रममा आयोजित संक्षिप्त स्वागत समारोहमा प्रमुख अतिथीको मन्तब्य राख्दै महा-बाणिज्यदुत प्रेमराजा महतले भन्नुभयो – बाल्टिमोरमा भएका सबै संघ, संस्थाका बनभोजहरु अब देखी संयुक्त रुपमा एकैदिन गर्नुपर्यो भनेर कुरा चलेको थियो। अन्य सबै बनभोजहरुको सहभागिता संख्या जोड्दा नी म्याग्दी समाज एक्लैको बनभोज ठुलो हुने भएकोले, संयुक्त बनभोज कसरी संभब हुन सक्छ र ? म्याग्दी समाजलाई बधाई छ – महाबाणिज्यदुत प्रेमराजा महतले आफ्नो मन्तव्यमा भन्नुभयो। म्याग्दी जिल्लाका नेपाली कांग्रेसका नेता डा. भुपेन्द्र खड्का समारोहमा बिशेष-अतिथी हुनुहुन्थ्यो। संस्थाका महासचिब निलम पुनले कार्यक्रम संचालन, बरिस्ट ऊपाध्यक्ष ईन्द्र बहादुर थापाले स्वागत-भाषण गरिएको स्वागत-समारोहमा अध्यक्ष अमर छन्त्यालले ऊपस्थित सबैलाई धन्यबाद दिनुभएको थियो ।

नेपाल देखी ल्याईएको नौमती ” पन्चे बाजा ” बनभोजमा सबैभन्दा आकर्षक देखिन्थ्यो। पन्चे बाजामा ठुलो समुह बसी ऊफ्री नाच्दै पार्किङ्गलट देखी सेल्टर सम्म पुगेको दृश्य नेपालको गाउँ घरमा बिहेको जन्ती हिँडे जस्तै बडो आकर्षक तथा बहुतै रमाईलो देखिन्थ्यो। नेपाल देखी आएका दोहोरीका रास्ट्रिय कलाकार मिलन लामा र अर्का रास्ट्रिय स्तरका कलाकार सृजना बिरही थापाका लोकगित तथा दोहोरीले ऊपस्थित जनसमुहलाई नचाएको थियो।

पेन्सिल्भानियाको जंगल पुगेर किनेर ल्याईएको ६ वोटा सानो खसीको मासु, सेल रोटी, कुरिलोको अचार र म्याग्दीको हिमाली भेगमा पाईने ” टिम्मुरको छोप् ” बनभोजमा खानाका परिकार मध्येको स्वादिस्ट परिकार थिए। नेपालको पश्चीमी जिल्लाहरुका गाउँघरमा परापुर्ब काल देखीको परम्परागत खेल गिर गिर दगुर्दै ढुंगा फ्याँक्ने ” ठेलो ” हान्ने प्रतियोगिता बनभोजको अर्को आकर्षण थियो। ठेलो हान्ने खेलमा प्रथम भएका बाग्लुङ्गका दिनेश आचार्यलाई साफा गुताएर अबिर जात्रा गरेर बाजा बजाउंदै परिक्रमा गरिएको देख्दा ऊहिले ऊहिले म्याग्दीमा लाग्ने जात्राहरु : मराङ्गखोलाको माघे संक्रान्ती जात्रा, सिंगा तातोपानीको फागपुर्णे जात्रा, गलेस्वोरको बालाचतुर्दशी जात्रा, झिं-पाखापानीको हरेलो, चिमखोलाको भूमेपुजा, भकिम्लीको बैशाखी-पुर्णिमाको जात्रा, बरंजाको धुले जात्राको याद दिलायो।

भलिबलमा प्रथम हुने टिमलाई $ १,०००.०० एक हजार डलर ( रू. एक लाख ) र दोश्रा हुनेलाई $ ५०० पाँचसय डलर पुरूस्कार दिईएको थियो। मास्टर कुमार कार्कीको एभरेस्ट कंराते स्कुलका बिद्यार्थीहरुको आकर्षक कँराते खेल प्रदर्शन, राफल चिट्ठा जस्ता खेल कार्यक्रमहरु पनी हेर्दा रमाईला थिए। संस्थापक अध्यक्ष पारशमणी श्रेष्ठ र सृजना बिरही थापाको दोहोरी गित पनी जम्नु जमेको थियो।

अमेरिकामा नेपालको नौमती “पन्चे बाजा” बजाऊने कलाकारहरु यसप्रकार थिए :

१) जगत पुन ( निस्कोट ),
२) जे० बी० ( मुना )
२) सचिन पुन ( चिमखोला ),
३) रमेश कार्की ( घतान / गलेस्वोर ),
४) इन्द्र बहादुर थापा ( सिङ्गा – बाँस्कुना ),
५) अमर छन्त्याल ( गुर्जा ),
६) मोहन थापा ( ताकम धारापानी ),
७) पारशमणी श्रेष्ठ ( मुना फल्लेगाउँ ),
८) ओम तुलाचन ( रुम ),
९) भविन्द्र छन्त्याल ( कुहुँ – भर्जुला ),
१०) राम भण्डारी ( मुना ),
११) क्या० दल बहादुर रोका ( धारापानी ).

नेपाल देखी बडो दुख: र खर्च गरेर अमेरिकासम्म नौमती “पन्चे बाजा” का सामानहरु ल्याएर बिदेशमा पनी नेपालको लोक, संस्कृतीको संरक्षण र सम्बर्धनमा लागी परेको अमेरिकाको ” मोना ” म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल तथा कार्यसमितीका सम्पूर्ण पदाधिकारीहरु, निबर्तमान अध्यक्ष राम भण्डारी, संस्थापक अध्यक्ष पारशमणी श्रेष्ठ, सल्लाहकार QGO क्याप्टेन दल बहादुर रोका लगायत सम्पूर्ण म्याग्दीबासीहरुलाई बरिष्ट लोकगायक तथा नेपाल सरकारका महा-बाणिज्यदुत प्रेमराजा महतले धन्यबाद दिनुभएको थियो।

 

 

 

प्रतिक्रिया