क्यानडाको राजधानीमा तिज कार्यक्रम

इनेप्लिज २०७४ भदौ ६ गते १:५६ मा प्रकाशित

अटवा
अगष्ट२० २०१७ आइतवारका दिन क्यानडाको राजधानी अटवामा नेपाली महिलाहरुको पर्व हरितालिका तिजकार्यक्रम सम्मन्न भयो । आआफ्ना घरबाट पकाएर ल्याएका खिर. सेलरोटी, पुलाउ , आलुचना ,आलुतामा तथा विभिन्न प्रकारका तरकारी र अचार जस्ता नेपाली परिकारहरु खाएर नाच गान गरी हर्षोल्लासमा तीज पर्व मनाए। नेपाल भन्दा हजारौंमाइल टाढा रहेर पनि नेपाली कला संस्कृति र परंपरालार्इ एक पुस्ताबाट अर्को पुस्ता सम्म पुर्याउने अवशरका रुपमा मात्रसिमित नभइ यस्ता कार्यक्रमहरुले व्यस्त जीवनका तनाबहरुलार्इ अन्त्य गरेर मनोरंजन,एवं खुशि प्रदान गर्नुका साथै दुख र पिडालार्इ भुलाउने मन्चको रुपमा तीज पर्व रहेको कुरा सहभागीहरु बताउँछन्। पुराना र नयाँ तिजका गितहरु बजाएर तथा मादलबजाउँदै गित गाएर नाजगान गरेका थिए ।

प्रवाशको भूमिमा छरिएका हामीहरु एक पटक एकै मन्चमा भेला भएर आ आफुले पकाएर ल्याएका विभिद व्यन्जनहरु खाने, नाच्ने गाँउने र रमाउने अवशर पाएकोमा सबै सहभागीहरु प्रफुल्ल देखिन्छन् । कुनै भय लज्जा र हिनताबाट उन्मुक्त भएर आफ्ना गीत र नृत्यगर्न पाउने यो अमुल्य अवशर हो । यसले एक आपसमा आत्मियता बढाउँछ एक सहभागिले बताइन । नेपालबाट छोरा बुहारी भेट्न आएका आमाबाहरु पनि तीज कार्यक्रममा सरिक भएर आफुहरुले मनोरंजन लिएको कुरा बताए । हामीलार्इ त नेपाल छोडे पछी यस प्रकारका नाचगान देख्न पाइएला भन्ने लागेकै थिएन भन्दै खुशि व्यक्त गरे। कार्यक्रममा अटवाका नेपालीहरु र भुटानिज नेपालीहरुको पनि वाक्लो उपस्थिति थियो । हजुरआमा हजुरबा र नातिनातिना समेत सहभागी भएर तीन पुस्ताको सहभागिता भएको यस तिजकार्यक्रममा विदेशीहरुले समेत नेपाली रातो सारिमा नृत्य गरेका थिए ।

अटवाको डाउनटाउन स्थित १६० सार्लेट स्टि्ूटमा भएको उक्त तिज कार्यक्रम क्यानडा नेपाल सोलिडारिटी फर पिस संस्थाको आयोजनामा सम्पन्न भयो । उक्त तिजकार्यक्रमलाई सुचिता दवाडी गिता ढकाल मिना शर्मा र तारा उप्रेतीले संयोजन गर्नु भएको थियो ।

प्रतिक्रिया