लेखक मित्र प्रतीकद्वारा पुरस्कृत

इनेप्लिज २०७४ भदौ ३ गते ०:१३ मा प्रकाशित

रौतहटका लेखक तथा साहित्यकार सञ्जय मित्र वीरगंजको प्रतीक दैनिकद्वारा पुरस्कृत गरिएका छन् । प्रतीकको स्तम्भकारहरुमध्ये मित्रलाई पाँच हजार रुपैया नगद र प्रशंसापत्रसहित पत्रिकाको एकतिसौँ वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा आयोजित विशेष समारोहमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका माननीय न्यायाधीश रामचन्द्र रायले पुरस्कार तथा प्रशंसापत्र हस्तान्तरण गरेका हुन् । प्रतीकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बारा र पर्साका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया