अन्तराश्ट्रिय नेपाली समाज कतार द्वारा बाढीपिडितलाइ राहत संकलन सुरु!

इनेप्लिज २०७४ भदौ १ गते १३:३२ मा प्रकाशित

ध्रुब क्षेत्री, दोहा कतार । बाढीपहिरोबाट प्रभावित क्षेत्रका नेपालीका लागि नयासक्ति कतारले राहत संकलन कार्य शुरु गरेको छ । केही दिनेदेखि पहाड र तराईमा जारी पहिरो र बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै तत्कालका लागि राहत पुर्याउन सो संकलन अभियान शुरु गरिएको संकलन का अभियन्ता तथा अन्तराश्ट्रिय नेपाली समाज कतार (INSQ ) का निवर्तमान सचिब राम संजेल र दुर्गा भुसाल ले जानकारी दिए ।

अन्तराश्ट्रिय नेपाली समाज कतार ले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गरिएको छ, साथै सरकार समक्ष्य यथा सिग्र उद्दार तथा राहात मा ध्यान दिन र आर्थिक संकलन अभियान चलाउन आग्रह गरेको छ!

‘जन्म भूमिको आहत र आपतलाई हामीले अनुभूति गरिसकेका छौं । नेपालमा हाम्रा आफन्त र ईष्टमित्रहरूको राहत र उद्धार कार्यमा सहयोग र सहभागिता जनाउन अन्तराश्ट्रिय नेपाली समाज कतार सकृय भइसकेकोले छिटोभन्दा छिटो आपतकालीन राहत संकलन र वितरणमा जुट्न नयसक्तिका केन्द्रिय सदस्य तथा अभियन्ता कमल घिमिरे र INS कतारका निवर्तमान कोशाअद्क्ष्य देब परिवारले सम्पुर्ण नेपाल तथा विदेश मा रहेका नेपालीहरु मा अपिल गर्नु भएको छ । संकलित रकम आज भोलि नै नेपाल पठाउन लागिएको अभियान का अभियन्ता होम उप्रेती र मनोज दाहाल ले जानकारी दिएका छन् ।

प्रतिक्रिया