गृहमन्त्रीद्वारा हजयात्रीको बिदाइ

इनेप्लिज २०७४ साउन २६ गते १२:०३ मा प्रकाशित

काठमाडौँ, २६ साउन । गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जान लागेका हजयात्रीहरुलाई बिदाई गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री शर्माले हजयात्रीलाई विदाई गर्नुभएको हो । गृहमन्त्री शर्माले हजयात्रीलाई नेपालको झण्डा प्रदान गर्दै यात्राको सफलताको कामना गर्नुभएको थियो ।
उहाँले यात्राको क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
हजयात्राका लागि आज १३० जना मुसलमान समुदायका हजयात्री साउदी अरेबियातर्फ लागेका छन् ।
गृह मन्त्रालयको समन्वयमा यसबर्ष एक हजार २१० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितिले जानकारी दिएको छ ।
ती मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्री ४५ दिनपछि स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया