एनआरएन एनसीसी अफ युयसएको न्यायिक समितिले गौरी जोशी ऊजुरीकर्ता विरुद्ध निर्वाचन आयोग, एनआरएन एनसीसी अफ युयसए भएको विवादमा गौरी जोशी अध्यक्ष पदको लागि संस्थाको वाईलजको धारा ११० वमोजिम योग्यता पुगेका सदस्य भएको हुदा ऊन्को नाम तत्कालै अध्यक्ष पदको उम्मेदवारको सुचिमा राखी प्रकाशित गर्नु भनि जुलाई २९, २०१७ का दिन निर्वाचन आयोगको नाममा आदेश जारी गरेको छ।
न्यायिक कमिटीको आदेशमा एनआरएन एनसीसी अफ युयसएको अध्यक्ष पदको उम्मेदवार हुनका लागि यो संस्थाको वा आईसीसीको कार्यकारी सदस्यको हैसियतले एउटा अवधि काम गरेको हुनु पर्ने भन्ने प्रावधान अमेरीको कानुन र संस्थाको विधान प्रतिकुल रहेको समेत ठहर गरी गौरी जोशीसंग संस्थाको वाईलजले नतोकेको अतिरिक्त योग्यता नमाग्नु भन्ने पनि उल्लेख छ। यद्यपि जोशीले आफुले यो संस्थाको वाईलजमै नभएको अतिरिक्त योग्यता आफुसंग रहेको प्रमाण पेश गरेको र निर्वाचन आयोगले त्यस्लाई स्वीकार गरको अवस्थालाई पनि कमिटीले जानकारीमा लिएको छ।
त्यसैगरी रामबाबु पाण्डे उजुरीकर्ता विरुद्ध निर्वाचन आयोग भएको अर्को विवादमा आजै कमिटीले संस्थाको आजिवन सदस्य रहेका पाण्डेको नाम मतदाता नामावलीमा नभएको भन्दै निर्वाचन आयोगले निजको नाम क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदको उमेदवारी हुनबाट अयोग्य ठहरयाएको निर्णयलाई बदर गर्दै अविलम्व निज पाण्डेको नाम मतदाता नामावलीमा समावेश गरी अध्यक्ष पदको उम्मेदवारको सुचीमा राख्नु भन्ने आदेश गरेको छ।
कमिटीको आदेशको एक प्रति तपाईको जानकारीका लागि संलग्न गरिएको छ।
प्रतिक्रिया