देश बेच्नेलाई हाम्रो भोट! 

इनेप्लिज २०७४ साउन १५ गते ११:०६ मा प्रकाशित
मेराजुद्दीन : दोहा कतार ‘ देशले नया नेतृत्वको माग गर्दै गर्दा आज पनि हामी तिनै पुराना र देश बेचुवा सत्ताधारी पार्टीलाई आफ्नो अमुल्य भोट दिई जिताएका छौं । हिजो यिनै काङ्ग्रेस र एमालेले देश लाई खोक्रो बनाए । महाकाली , कर्णाली ,लिपुलेक,गण्डक सुस्ता आदि इत्यादी देशका भु भाग र सम्पत्ति बेच्ने हरुलाइ आफ्नो अमुल्य भोटले जिताइ पुन देश र देश को सम्पत्ति बेच्न मदत गर्दैछौं ।
हामिले आफ्नो अमुल्य भोट दिदै गर्दा हामी कदापि पार्टीको घोषणा पत्र हेर्ने गर्दैनै पार्टीको अन्धो भक्त बनी असल नेतृत्व छान्न चुकेका हुन्छौं । विद्धवान हरु भन्ने गर्छन ” एमाले काङ्ग्रेसको चुनावी घोषणापत्र ट्वाइलेट पेपरको रुपमा पनि प्रयोग गर्न काम लाग्दैन अब । एमाले  काङ्ग्रेसका घोषणापत्रमा चना चट्पट खादा खादा कपाल पनि फुलिसक्यो । यिनी हरुको घोषणापत्र कहिलै बद्लिएन ।प्रजातन्त्र स्थापना पछि  करिब तीन दसक एमाले र काङ्ग्रेसले नै आलो पालो गरि सत्ता चलाए । देश लाई खोक्रो पारे ।
यहि ३-४ दसकको अन्तरालमा  हिजो भोकमरी ले ग्रस्त  कोरिया जहाँ हामीले चामल पठाइएका थियौं । आज विश्वको सातौं निर्यातकर्ता अनि १२औं  ठुलो अर्थतन्त्र भएको देश बन्यो ।आज हाम्रा युवा हरु कोरियाको बाङ्गुर फार्ममा पसिना बगाइ रहेका छन ।
७-८ दसक अगाडि मात्र बेलायती उपनिवेशबाट मुक्त भएको भारत २०२२ सम्ममा  विश्वकै चौथो अर्थतन्त्र भएको देश बन्ने छ भने हिजो हामी संगै हिडेको चिनले २०३५ सम्म मा अमेरिकाको अर्थतन्त्रलाई उछिन्ने छ ।
दस बर्षको अन्तरालमा कतार विश्वको धनी देश बन्न पुग्यो । जहाँ लाखौं नेपाली हरुले आफ्नो पसिना बगाइरहेका छन । मलेसिया एउटा टापु एसिया टाइगर बन्यो जहाँ लाखौं नेपाली युवाहरुपालेको काम गरिरहेका छन ।
पचासौं हजार विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको हाम्रो देशले आज सम्म ६०० मेगावाट विद्युत उत्पादन गर्न नसक्ने राजनीतिक नेतृत्वले रेल कुदाउछौं  , पानी जहाज कुदाउछौं , एक घर एक रोजगार सृजना गर्छौं , देश समृध बनाउछौ  भन्दै गर्दा एक पिलेट मासु र एक बोतल रक्सिमा बिक्ने हामी जनता , अनि देश कसरी बन्छ ? अनि हामी भन्छौ देश बिकास भएन नेताले देश सके , देशको स्थिती खोक्रो हुँदै गयो भनेर चिल्लाउने गर्छौं ।
देश नेताले होइन हामी आफै बेच्दैछौ र देश बेच्न  मा सहयोग गर्दैछौं  । हामी कुसल,सक्षम , बिस्वासिलो नेतृत्व छन्न सकि रहेका छैनौं । हामी पार्टी छन्न मा बेस्त छौं । जस्ले गर्दा आज हाम्रो देश संसारकै गरिब देश भनेर चिनिने गर्छ ।
हामी हम्री देश स्वतन्त्र छ भन्दै उफ्रिदै गर्दा यिनै पार्टी र नेता हरुका कारण आज हाम्रो देश भारत को उपनिवेश बन्दै गएको छ । राजनीति नेपालमा हुन्छ निर्णय भारतमा , खान्छन नेपालको गित गाउछन भारतको । फेरि पनि आज हामी तिनै पार्टी र नेताको सरणमा पर्दै राष्ट्र लाई बर्बाद गर्न र लुट्नमा समर्थन गरिरहेका छौं ।
“तिमीहरु यो देश कहाँ हाक्न सक्छौ र ” भन्ने जस्ता यिनै पार्टीका नेताहरुको बकम्फुसे  अभिव्यक्तिलाई समर्थन गर्दै राष्ट्र बर्बाद गर्न प्रती लागिरहेका छौं ।
४-५ दसक देखि यी राजनीतिक पार्टी र यिनका नेता हरुको गतिविधि हेरिरह्यौ । अब राष्ट्रलाई वैकल्पिक राजनितिको खाचो छ । अब हामी देश जोगाउन विकल्प खोज्नु पर्ने तिर लाग्नु आवस्यक छ अन्यथा भोलि हाम्रो सन्ततिहरुले सराप्ने छन । समृद्ध सम्मुन्नत र  समाजबाद को बाटो रोज्न तिर संगठित बन्यौ भने मात्र देश बन्न सक्ला नत्र यिनिहरुकै हात मा पर्यो भने देशको अवस्था झन विकराल परिस्थिति   हुँदै जाने निश्चिति छ । त्यसैले पनि अब हामीले  वैकल्पिक राजनितीको खोज गर्नु आवस्यक देखिन्छ ।
                                                                                                                                    मेराजुद्दीन
                                                                                                                                  रामपुर पाल्पा
                                                                                                                               हाल दोहा कतार

प्रतिक्रिया