भस्मासुर

इनेप्लिज २०७४ साउन १४ गते २:१० मा प्रकाशित

भस्मासुर भन्नाले, पुराणमा बर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्त्ति जलेर भस्म हुने वरदान पाएको, पछी आफ्नै शिरमा हात राखी वीर गती प्राप्त गर्ने दानव भन्ने बुझिन्छ ।

भस्मासुर दुनियाँ सबैभन्दा बलियो हुने सोखाँ कठोर तपस्या गरी भगवान शिवको भक्त्त बन्ने भक्त्तिले उनको हात मान्छेका माथाँ पर्ना साथ भस्म हुने वरदान त पाए नै ।

दिनै पिच्छे भस्मासुरले गर्ने कठोर तपस्याका कारण पल-पल ” ॐ नमो शिवाय ” नामक आफ्नो भक्त्तको स्वर कैलाश कुट पर्वताँ कठोर तपस्याँ बसेका शिवलाई भस्मासुरले झस्काइ रहयो । शिव पनि जुरुक्क उठेर भस्मासुरको अगाडि गई आफ्ना प्रिय भक्तलाई वरदान माग्ने आज्ञा दिए । भगवान शिवलाई आफ्नो तपस्याका कारण आफ्नै अगाडि खिची ल्याएकोमा कुटिल मुस्कान छर्दै भस्मासुरले आफ्नो अमरत्वको वरदान माग्यो ।

भगवान शिवले भन्नु भयो “बालक यो पृथ्वीमा जन्मे पछि जो कोही पनि एक न एक पटक मर्नु पर्छ । संसारका सबै प्राणिले यो चोलो फेरेर फेरि अर्को जन्मको गोलाँ जन्मनै पर्छ । संसार यसरिनै चल्छ त्यसैले यो असंभव वरदान मसँग नमाग । पृथ्वीमा सधैं सधैं अजर, अंमर र सदाबहार कोही हुनै सक्दैन । पृथ्वीको नियम अनुसार,रात दिन, अँध्यारो उज्यालो, वर्षा भेल, घाम पानी जस्तै प्राकृतिक नियममा आफ्नो जीवन लीला पनि बाँचेर समाप्त हुनै पर्छ ।

” भगवान शिवको यस्तो उत्तरले भस्मासुर दैत्यले आफ्नो वरदान बदल्यो र भन्यो ” हे भगवान त्यसो भए मलाई यस्तो वरदान दिनुहोस कि मैले मेरो हात जस्को शिराँ राखी दिन्छु, त्यो मान्छे तुरुन्तै जलेर वीरगति प्राप्त भै हालोस् अर्थात जलेर भस्म भओस ।” त्यो भस्मासुरको वरदानलाई भगवान शिवले ” तथास्तु ” भन्नु त भयो ।

भगवान सँग पारेको वरले भगवान शिव जस्तो शक्त्तिशाली भगवानलाई भस्म गराए पछि आँफै यो संसारको शक्त्तिशाली बन्ने लोभ भस्मासुरले भगवान शिवकै टाउकाँ आँफ्नो हात राखेर वीर बन्ने लोभले भगवानलाइ नै वीरगती गराउने मतिले पछि लाग्यो । भगवान शिव पनि आँफ्नो भक्त्ति गर्ने भक्त्तको डरले आँफैले दिएको बरदानको शक्त्तिको डरले भगवान बिष्णुको भक्त्ति गर्दै हे बिष्णु तिमी कहाँ छौ ? लौन अब मलाई त यो भस्मासुरले भस्मै बनाउने भयो” भन्दै हस्याङ र फस्याङ गर्दै चिच्याउदै बिष्णुको भक्त्ति गर्दै आफ्नो ज्यान जोगाउँदै दौडन थाल्नु भयो ।

उता बिष्णुको कानाँ भगवान शिवको पुकार पर्ना साथ यसो ध्यान दृष्‍टि बाट बिष्णुले हेर्नु भएको त भगवान शिव अगी-अगी भस्मासुर हात माथि उचाल्दै पछि पछि गर्दै शिवलाई भस्म पार्न भस्मासुरले सुर कस्या देखेर हत्तन पत्त खरानी घसी सर्पको माला लगाइ बाघका छाला अोड्ने शिवलाई भस्म हुन बाट रोक्न भगवान बिष्णु उपस्थित हुनु भयो र आफ्ना मायाले परम सुन्दरीको रुप धारणा गरी अगी अगी शिव बाजे पछि लाखेको बिचा सुन्दरीको रुप धारणा गर्नु भयो । भस्मासुरले वर्षौ लागेर भगवान शिवको तपस्या गरेर भगवानको मन जिती वरदानको धन त पायो कैयौ महिना देखी स्त्रीको मुख पनि हेर्न नपाएको भस्मासुरले सुन्दरीको रुप देखेर आपनो होस हवस गुमाइ सुन्दरी तीर आँखा घुमाइ हाल्यो र भन्यो सुन्दरी तिम्रो नाम के हो ? उनले भनिन ” मोहनी “।

दुबै नाच्न थाले मोहनीले न्रित्य सिकाउन थालिन । सिकाउँदा सिकाउँदै नृत्यकै तोडमा जिस्कँदा जिस्कन्दै सुन्दरीले टाउकोमा हात राखिन र भगवान शिवले दिएको वरदान को यादै नगरि सुन्दरिको मोहमा भुलेको भस्मासुरले पनि आँफ्नो टाउकोमा हात राख्यो र भस्म भयो । अनी भगवान बिष्णुले भन्नु भयो “सधैं अजर अम्बर हुन्छु सँधै शक्त्तिशाली बन्छु,मैले अर्कोलाई नाश गर्छु, म भन्दा ठूलो यो लोकमा कुनै छैनन् र नहुन्नन् भन्ने षठहरू आँफ्नै कारणले भष्मासुर जस्तै भस्म हुन्छन् । त्यसैले अरु भन्दा माथि पुग्न अर्का को नाश गर्छु भन्ने मना भएकाहरु अब पृथ्वीमा धेरै जन्म लिंदै जाँदा तिमी तिनकै मनमा रहन्छौ त्यो मन नै भस्मासुर हो,” भन्नुभयो । यसै सन्द्रभमा कविशिरोमणि लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ यहाँ राख्न चाहन्छु ।

” कसैको लोकमा छैन,एकैनास समुन्नति ।
अरूको के कुरा हेर,सन्ध्यामा सूर्यको गति ।।
छोटो बढेपछी भारी फुर्ति ढाँचा बढाउँछ ।
उर्लदो खहरे हेर,कत्तिको गड्गडाउँछ ।।
सानैदेखि छुचो हुन्छ,दुष्ट मानिसको मति ।
घोच्ने ती जंगली काँडा पहिले नै तिखा कति ।।
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

त्यसै कारणले हामी पनि भस्मासुरलाई मना राख्न मनाही गर्नु आँफैलाई भलाई गर्नु होला जस्तो लाग्यो । भष्मासुरलाई भगवान विष्णुको बौद्धिक कुशलताले भष्म गर्नुभए जस्तै हामीले पनि तन,मन,वचन र कर्मले भष्मासुर रूपी प्रवृतिलाई चिनेर भष्म गर्नु पर्ला जस्तो छ है हजुर कि कसो ? यस्तो प्रवृति कतै देखे खवर गर्नुहोस् है हजुर ?

वाग्ले एनआरएन युएसए अमेरिकाका लागि उपाध्यक्षका उम्मेदवार पनि हुन् l

 

प्रतिक्रिया