आइफा अवार्ड शो मा नेपाली चेली, समिक्षा

इनेप्लिज २०७४ साउन १३ गते २३:०३ मा प्रकाशित

भर्जिनिया, भारतिय चलचित्र उद्योगमा चर्चित मानिने फिल्म अवार्ड शो आईफा अवार्ड शोमा भर्जिनियामा वस्दै आएकी नेपाली चेली शमिक्षा आचार्यले आफ्नो प्रस्तुती दिएकी छिन् । न्युयोर्कको मेट लाईभ स्टुडियोमा भर्खरै सम्पन्न १८ औं आईफा अवार्ड शोमा चर्चित भारतीय कलाकार अलिभाटसँग आफ्नो नृत्य प्रस्तुत गरेकी हुन । सलमान खान, शैफअलि खान, साहिद कपुर, कटरिना कैफ, करण जोहर, शुसान्त सिंह राजपुत लगायतका भारतीय चर्चित कलाकारहरुले होष्ट गरेको उक्त शोमा आचार्यले आफ्नो नृत्य प्रस्तुत गर्ने दुर्लभ अवसर पाएकी हुन् । यसका लागि भर्जिनिया र न्युजर्सीका अडिसनबाट छानिएर उक्त शोमा मौका पाएकी हुन् ।

आईफा अवार्ड शोमा आफ्नो प्रस्तुतिपछि उनले यसरी खुशि व्यक्त गरिन, म आफुलाई भाग्यमानी ठान्छु कि वलिउडका चर्चित कलाकारसँग मैले नृत्य गर्ने मौका पाए । मेरो खुसीको सिमानै छैन ।” प्रख्यात कलाकारहरुसँग उनले नृत्य प्रस्तुत गर्नुअघि झण्डै १४ घण्टाको दरले दुई हप्ता सम्म उनीहरुसँग अभ्यास गर्नु परेको उनले वताईन ।

उनको यो सफलता नेपालीहरुको गौरवको विषय वनेको छ । यस वहुचर्चित अवार्ड शोको कोरियोग्राफी संजय शेट्ठीले गरेका हुन् । लण्डनबाट शुरु भएको आईफा अवार्ड शो एशिया, अर्फिका, युरोप र उत्तर अमेरिकामा आयोजना हुने गर्दछ । यस अघि दुई पटक अमेरिकाको भागमा परिसकेको उक्त शोलाई यस पटक पनि अमेरिकामा आयोजना गरिएको हो ।

भर्जिनिया स्थित भर्जिनिया टेकमा इन्जिनियरिड अध्ययन गरिरहेकी समिक्षाले नृत्य आफ्नो सोखको विषय भएको वताउदै यसलाई भविश्यमा पेशाको रुपमा पनि लिने लक्ष्य रहेको वताउछिन । मल्टिट्यालेन्ट समिक्षाले नृत्य सँगसँगै गीत गाउन र कविता लेखनमा दखल राख्छिन् ।

प्रतिक्रिया