अमेरिकामा कलाकार डिना वाङ्देलको निधन

इनेप्लिज २०७४ साउन ११ गते १:५४ मा प्रकाशित

नेपालका गौरव ,नेपाली कला र साहित्यका शिखर व्यक्तित्व लैन सिं वाङ्गदेलकी एक मात्र उत्तराधिकारी डिना वाङ्देल अब हामी बीच रहिनन् l उनको आज विहान १२ वजेर १५ मिनेटमा भर्जिनियाको रिचमण्डस्थित भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी मेडिकल सेण्टरमा निधन भएको हो l

स्व डिना वाङ्देल दक्षिण एसियाको कला, संस्कृति सम्बन्धि प्रख्यात इतिहासविद थिइन् l वाङ्देल मस्तिस्क ज्वरो (मेनिन्जाइटिस) का कारण ५५ वर्षको उमेरमा निधन भएको पारिवारिक सुत्रले जनाएको छ l

उनी भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी कतारकी कला ईतिहासकी निर्देशक थिईन् । आफ्नो पारिबारिक भेटघाटका लागि उनी एक महिना अघि कतारवाट भर्जिनियाको रिचमण्ड आएकी थिइन् । उनका श्रीमान र दुई छोरा रहेका छन् ।

उनले रायन माअर कलेजबाट बिए, युनिभर्सिटी अफ विस्कानशिन म्याडिसनवाट एमए तथा ओहायो स्टेट युनिभर्सिटीवाट विद्यावारिधि गरेकी थिइन् । उनको बिशेषज्ञता दक्षिण एशियाली तथा हिमालयन कलामा थियो । निजि लेखन तथा सहलेखन एवम् सम्पादनमा पुस्तकहरु प्रकाशित छन् ।

प्रतिक्रिया