एनआरएन एननसी अफ युयसए नेपाली कम्पनी र पार्टीको शाखा होईन

इनेप्लिज २०७४ साउन ८ गते १६:४५ मा प्रकाशित

एनआरएन एननसी अफ युयसएका वैैध सदस्यहरुले उम्मेदवार हुन पुरयाऊनु पर्ने योग्यताको र्वधानीकताको बिषयमा मलाई कवितामा यसरी व्यक्त गर्न मन लाग्यो। मैले सोचेको थिए यसपालीको चुनावमा आफु तठस्थ रहन्छु।तर सकिन जब रेल ट्र्याकबाट ऊत्रियो। यो संस्थालाई वैधानीक रुपबाट अगाडी लानेक्रममा बनाइएको बाटोमा केही हदसम्म मेरो पनि सहभागीता थियो।

गोपाल श्रेष्ठ, माधवी बस्नेत कार्की, तारा निरौलाजी, निरज साह, लगायतका अन्य धेरै साथीहरु राती अबेरसम्म बसेर विगतका २ निर्वाचन सम्पन्न गरयौ। केही कमजोडी भने रहे किनकि हामी सुरुवातमा थियौ। यद्यपि हामीले यो संस्थाको पदाधिकारीमा कस्ता सदस्यहरु उम्मेदवार हुन सक्छन र यो संस्था कुन देशको कानुन अनुसार चल्छ भनि एउटा स्पष्ट धारणा बनाऊन सकेका थियौ। र न्यायिक समितिले पनि यस्लाई मान्यता दिएको थियो।

मेरो बिचारमा हाल शंसोधन गरिएको विधानले पनि त्यो नजीरलाई विस्थापीत गर्न सकेको छैन। र यदि भविष्यमा शंसोधन गरेर यो संस्थालाई नेपाली कंम्पनीको वा पार्टीको शाखा बनाऊने प्रयास गरयौ भने यो संस्था अमेरीकाको नन फर प्रफिटको स्टाटसमा नरहन सक्छ अनि यो विधान अमेरीकाको संविधान, संघिय, र राज्यस्तरका कानुनहरुको विपरित हुन सक्ने हुन्छ।

म हिजो राम्ररी सुत्न सकिन विगतका चुनावमा भोग्नु परेका यस्तै समस्याहरुलाई सम्मmदै। अनि महसुस पनि गरे हालका निर्वाचन प्रमुख एर्टनी एट ल वन्दीताज्यु र ऊहाको टिमले भोग्नु परेको समस्यालाई। अनि मैले यस्तो कविता लेखे। विगतमा पनि मैले यसरी आफनो धारणा पोखेको कवितामा।

यो संस्था नेपाली कम्पनी र पार्टीको शाखा होईन

यो संस्था नेपाली कम्पनी र पार्टीको शाखा होईन
यो संस्था अमेरीकामा त्यसरी दर्तै भएको होईन
यो संस्था यहा ऊताको निर्देशनमा चल्न हुदैन
यो संस्था ऊताबाट स्वीच थिच्दा बल्नु हुदैन
कानुनले यहि भन्छ सबलाई चेतना भया
यो कुरो बुमmन जानु पर्दैन टेनेसी र गया
हाम्रा छन तैपनि आफनै डम्फुका ताल
बेतुकमा निकाल्छौ बालहरुका खाल
जिऊदा वैध सदस्यका खोज्दछौ लाश
फुटाऊछौ बेलुन मस्त भरीभरी सास
भन्छननी,
लाह्सा जाने कुतीको बाटो
नेपाली चस्मा विदेशको माटो।

प्रतिक्रिया