BDA CA को आयोजनामा लस एन्जलसमा “बिशेष रक्तदान” रक्तदान कार्यक्रम गरिदैं !

इनेप्लिज २०७४ साउन ८ गते १:५७ मा प्रकाशित
लस एन्जलस, क्यालिफोर्निया ।
BDA CA ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्नियाले  ANS CA अमेरिका नेपाल सोसाईटी, क्यालिफोर्निया र लस एन्जलस गुरूङ्ग सोसाईटी सँग सहकार्य गरी    ▶️”मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ?” भन्ने मूल नाराका साथ आगामी अगष्ट ४ तारिक शुक्रबारका दिन  “बिशेष रक्तदान” कार्यक्रक्रम सम्पन्न गर्ने भएको छ । उक्त  रक्तदान” कार्यक्रक्रममा समय निकालेर  आफू र आफ्ना साथीहरु सहित सहभागी भै मानव जीवन रक्षा जस्तो पुण्य कार्यलाई सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन सम्पूर्ण सामाजिक संघ संस्था र तिनका प्रतिनीधिहरु , सामाजिक अभियन्ताहरु र समाजका सदस्यहरुमा आयोजकका तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।  यो कार्यक्रम सम्पन्न भए पश्चात निकट भबिश्यमा  क्यालिफोर्नियाका अन्य बिभिन्न शहरहरुमा पनि स्थानिय अन्य सामाजिक संघ संस्थाहरुसँग सहकार्य गरी  रक्तदान शिबिर सन्चालन गर्ने कार्यक्रम रहेको  कुरा  संयोजक श्री एकदेव शर्माले जानकारी  गराउनु भएको छ ।

Drive Details:
Site: Valley Hindu Temple
Address: 18700 Roscoe Blvd, Northridge, CA, 91324
Date: Fri Aug 4, 2017
Time: 12:30 PM – 07:00 PM
Click here to make an appointment

रक्तदान गर्न चाहनुहुने महानुभावहरुले संगैको  लिन्क क्लिक गरेर खुल्ने नयाँ पेजमा गै फर्म भरी सिधै रजिस्टर गर्नुहुन हार्दिक अनुरोध गरिएको छ  ।

Inline image 2

प्रतिक्रिया