अमेरिकामा राम धुलाई पाउदा पनि डलर कमाइने

इनेप्लिज २०७४ साउन ६ गते २२:४५ मा प्रकाशित

अमेरिका अचम्म को देश l यहाँ बाघे झप्पु खादा पनि खानेले पैसा कमाएका छन् l चड्कन खाँदा पनि डलर कमाएका छन् l गोधाई खादा पनि डलर कमाउने नेपाली पनि भेटिएको उडन्ते समाचार छन् l यो शिर्षक पढेर यसरी पनि कमाइने रहेछ भनि अमेरिका पो जानु पर्ने भन्ने नसोच्नु होला l अमेरिकामा गोधाई खादा पनि डलर आउने गर्छ l ध्रुब सत्य हो l तर काल परिस्थिति अनुसार डलर फल्छ l

अमेरिका मा नहुने भनेको केहि छैन l कानुन कडा भएकोले पिडितको पक्षमा निर्णय अदालतले गरि दिन्छ l साच्चै कुटाई खाएको हो भने कुट्ने ले जोरी अझ खोज्यो भने पैसा कमाउछ तर उ न्यायालय धाउनु पर्छ l कुटाई खानेले प्रहरी र अदालतमा जान्छु भन्यो भने त्यहाँ पनि डलर फलाएको समाचार पाइन्छ l नेपाल जस्तो धम्कीले अमेरिकामा काम नगर्ने भयकोले मिलापत्र हुने भनेको दुर्लभ हुन्छ l उदण्ड मानिस दण्डित हुन्छ l

भौतिक कारवाई भनेको नै समस्यामा पर्नु हो l त्यसैले अमेरिकामा हत्तपत्त कुट्ने काम हुदैन l हात हाल्ने काममा टाडा बस्ने चलन हुन्छ l नेपाल जस्तो बाटो बाटो मै कुटाकुट कुटेको देखिन्छ l तर अमेरिकामा कुट्न हिम्मत गर्नु पर्छ l झापड हान्न आँट गर्नु पर्छ l बरु सहनु नै बेस हुन्छ l जस्तो सुकै रिस उठे पनि हात भने हाल्नु हुदैन अमेरिकामा l

एक पटक थुनियो भने त्यसले जीवनमा नकरात्मक असर पर्छ l जीवन भर पछुताउनु पर्ने हुन्छ l कुट्ने र गोधनेमा रुचि राखें मानिस प्रहरीमा परेको छ भने ठुलो फसादमा पर्छ l अमेरिकाको पद्धतिले सवै कुरा छर्लंग देखाई दिने भएकोले मानिस निकै सतर्कता अपनाउनु पर्छ l

अमेरिकामा यहि जन्मेकाहरु झगडा गर्ने ,झापड हान्ने ,राम धुलाई दिने आदि कुरामा कुरै नगरे हुन्छ l अमेरिकाका झ्यालखानामा प्राय यस्तै बाघे झप्पु ,गोधने आदि काम गरेर सवै भरि भराउ हुन्छ l

अमेरिकामा सोचेर मात्र धक्का मुक्का दिनु पर्छ नत्र अदालती फैसलाले ठुलो धनको नाश हुन्छ l धेरै क्षति तिर्नु पर्ने हुन्छ l च्यापु खुस्किने गरि कुटाई खादा पैसा पाइन्छ तर कुट्ने मानिस चाही फेला पार्नु पर्छ l क्षति पूर्ति स्वरुप ठुलो रकम पाऊ भनि मुद्दा हाले पछि मुद्रा नदिई धरै पाइदैन l पानी मुनी पनि कानुन ले पछ्या उदछ l

राम धुलाई पाउदा डलर आउने भन्ने चाही प्रत्याभूति चाही हुदैन l साँझ सांझमा कुटे भने पाइदैन l अपराधी समात्न सकिन्न l राति कसैले कुटे भने पैसा फल्दैन l कसले कुट्यो कसले ? कुट्ने मानिस को हुलिया नै पत्ता नलागे पछि कहाँ डलर कमाउन सकिन्छ ? उल्टो आफ्नो क्षति बेहर्नु पर्छ l जीवन भर अपाङ्ग हुइन्छ l

तर चिनेको मानिसले कुट्यो भने सवै थाहा हुने हुनाले अदालतमा मलाई राम धुलाई दियो भनि मुद्दा हाले पछि चुईक्क दिनु पर्छ l अनि कुटाई खाने ले यसरी पैसा पनि कमाउछन l दिउसो कसैलाई बाघे झप्पु हानियो भने चिनिने हुनाले सांघातिक हमला भनि प्रहरीमा उजुरी गरे र अदालतमा गोधेको भनि मुद्दा हाले डलर आउछ l

तर अमेरिकन अफ्रिकन( अस्वेत )ले कुटे भने मानिस डराउछन l अस्वेतले यसरी तिर्नु पर्यो भने गोलि समेत प्रहार गर्छन l साक्षी बसी दिन्छु र अदालतमा बयान दिने लाई समेत हत्या समेत गर्छन l उनीहरु संग बाघे झापु खाए पनि चुपचाप सहनु बाहेक केहि हुदैन l कुटाई खाए पनि सवै संग डलर झर्दैन l रिसको झोकमा हात छोड्नु हुदैन l

अमेरिकामा आवेदकले मुद्दा कसैलाई हालेको छ भने जागिरमा आबेदन पत्र भर्ने क्रममा त्यो पनि लेख्नु पर्छ l अनि यो मानिस निहु खोजाहा रहेछ भनि जागिर मा अलिकति शंका उप शंका गर्छ l

अमेरिकामा मुखले जे भनेता पनि हात हाल्न सय पटक सोच्नु पर्छ l यदि यो कुरा असत्य हो भने नेपालमा बस्नेले अमेरिका मा रहेका आफ्ना परिवार ,साथी र ईस्ट मित्रलाई सत्यता को बारेमा एक पटक बुझ्दा राम्रो हुन्छ l

सानो तिनो कुरामा बाघे झप्पु र गोद्नु कदापी हुन्न l हाम्रो ज्यान भन्दा उनीहरुको ज्यान ठुलो हुनाले हामीले सक्दैनौ l कसैलाई हात लगाउनु भनेको काललाई कुतकुत्याउनु झैँ हुन्छ l दण्ड तिर्नु पर्छ l धेरै ठुलो राशी को क्षति हुन्छ l अनि कुटाई खाए पछि डलर पनि आउछ l

यसो भन्दैमा बरु कुटाई खाए खान्छु डलर त आउछ चै नभन्नु होला l अमेरिका जानु पर्ला पनि नभन्नु होला l आफूले दुख पाउने हुनाले कुटाई खाई खाई कसैले कमाउनु नपरोस l यस्तो अवस्था हामी नेपालीहरुले कहिले भोग्नु नपरोस l आफ्नो परिश्रम र मेहनतले कमाऔ l

 

प्रतिक्रिया