“समाज सेवा मेरो धड्कन मात्र होइन मेरो जीवनको एउटा पाटो हो।”

इनेप्लिज २०७४ साउन ४ गते ०:३० मा प्रकाशित
मेरो व्यवसायिक एवं सामाजिक आवद्धता:
उपाध्यक्ष: एनआरएन अमेरिका |
संचालक: लुम्बिनी रेष्टुरेन्ट, बाल्टिमोर |
संस्थापक: रबिना फाउन्डेशन |
सल्लाहकार: कस्केली समाज,अमेरिका |
सल्लाहकार: म्याग्दी समाज अमेरिका |
सल्लाहकार: अमेरिका नेपाली सोसाइटी |
पूर्व अध्यक्ष: बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका |- यस बाहेक पशुपति बुद्धमन्दिर, एशोसियसन अफ नेप्लिज इन अमेरिका (एएनए) लगायतका संघ,संस्थाको विभिन्न सामाजिक जिम्मेवारी बहन गर्दै काम गरेकी छु |
मेरो उम्मेदवारी अध्यक्षमा नै किन ?
NRNA NCC USA को स्थापनाकालदेखि हालसम्म संस्थालाई यहाँसम्म पुर्याउन योगदान दिनुहुने अग्रजहरुलाई सम्मान व्यक्त गर्दछु | एनआरएनए एनसीसी अमेरिकालाई एनआरएनएका सबैभन्दा उत्कृष्ठ दर्जाको, गौरवशाली एनसीसी बनाउने प्रतिवद्धताका साथ म यसपटक अध्यक्षको प्रत्यासी भएकी छु |
VISION (परिकल्पना) र यो घोषणा पत्रबारे
असल VISION (परिकल्पना) नै सफलताको कडी हो। म आफू अध्यक्षको प्रत्यासी भैरहँदा आफ्नो कार्यकालमा संस्था कस्तो हुने भन्ने स्वरुप दिनु मेरो कर्तब्य हो। बिनाबाटो या बिना टुंङ्गो मैले संस्था डोर्याउन सक्दिन। सपना भनेको काल्पनिक या कार्यान्वयन नै गर्न नसकिने गरि देख्ने कुरा पनि होइन। संस्थाको अर्थमा एउटा अध्यक्षको उम्मेदवारले देख्ने सपना भनेको सँस्थाको वास्तविक धरातलमा गएर देख्ने हो। तसर्थ; यो घोषणा पत्रमा मैले मेरो VISION (परिकल्पना) सपनालाई, मेरो दृष्टिकोणलाई संस्थाको बिधि-बिधान, मर्म अनि औचित्य सबैसँग मेलखाने गरी विशिष्ट योजनाविद, NRNA बिज्ञहरुको समेत परामर्शले तयार पारेकी छु।
१. परिकल्पना (VISION)
. मेरो नेतृत्वको कार्यकालमा “एनआरएनए एनसीसी अमेरिका गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) का सबैभन्दा उत्कृस्ट दर्जाको एनसीसी हुनेछ।”
. गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षको उम्मेदवारको हैसियतले मैले छोटो रुपमा आफ्नो घोषणा पत्रमार्फत एउटा खाका प्रस्तुत गरेकी छु। निर्वाचनपछि, कार्यसमितिको पहिलो बैठकमा सो योजना पेश गरी कार्यान्वयनको लागि अगाडि बढाउनेछु।
. आरसी, डिआरसी, आइसीसी सदस्य, कार्यसमिती, कमिटिहरु, सल्लाहकार, सदस्य तथा सम्पूर्ण स्टेकहोल्डर, संघ-संस्था अनि नेपाली समुदाय सबैसँगको सहकार्यले यो क्षेत्रमा मात्र होइन विश्वमा नै एनआरएनए एनसीसी अमेरिकाले सबैभन्दा उत्कृष्ट स्थान लिनेछ।
२. संस्था र नेतृत्व बिकासबारे
. मेरो नेतृत्वको कार्यकालमा यो संस्थाका बोर्ड, च्याप्टर, कमिटीहरु, सल्लाहकार, सबैको आफ्नो क्षमता र जिम्मेवारी अनुसार सकृय हुनेछन्। सम्पूर्ण कार्य बिधान,नीति, कानुन र नियम संगत हुनेछन। संस्थाको सदस्यता सबैले खोजी खोजी लिने अवस्थाको सृजना हुनेछ।
 यो संस्थाको कुनै पनि स्तरको नेतृत्वमा बस्नु या जिम्मेवारी लिनुलाई सबैले गौरवको रुपमा लिनेछन्। संसारका नेपालीहरुले हामी अमेरिकी एनआरएनहरुबाट धेरै कुराहरु साझेदारी र सिक्ने, सिकाउने बातावरण हुनेछ। तपाइहरुलाई अमेरिकी एनआरएन हुँ भन्दा गर्वले छाती फुल्ने अवस्थाको प्रत्याभूति हुनेछ।

. मेरो कार्यकालमा गैर आवासीय नेपाली संघ अन्तऱराष्ट्रिय समन्वय परिषदसँग सतप्रतिशत रुपमा मापदण्डहरु पुरा गरेको एनसीसी हुनेछ।  कामको मूल्यांकनका आधारमा सबैको उच्च सम्मान हुनेछ।

यी सबै सपनाहरु मेरो नेतृत्वको दुई बर्षे कार्याकालमा पुरा हुनेछन। त्यसपछिको अर्को कार्यकालको लागि एउटा उत्कृष्ट आधारशीला तयार हुनेछ। सन् २०१७ मा नै आइसीसीमा कम्तिमा पनि दुइवटा महत्वपूर्ण स्थान र २०१९ मा उच्चस्तरको नेतृत्व दावी गर्ने अवस्थाको नेतृत्व विकास गरिनेछ। त्यसैको आधारमा एनसीसी अमेरिकाका नेतृत्वले २०२१ मा पुग्दा अध्यक्ष नै अमेरिकाको बनाउने योजना गर्न सकोस्। त्यो आधार निश्चित रुपमा मेरो कार्यकालमा तयार हुनेछ।

३. प्रोजेक्टहरु बारे

मेरो कार्यकालमा अमेरिकामा नेपाली समुदायहरुको लागि संचालन गरिने र मातृभूमी नेपालमा गरिने प्रोजेक्टहरु गरि दुइखाले प्रोजेक्टहरु संचालन गरिनेछ । कतिपय प्रोजेक्टहरु चाँही आवश्यकता अनुसार नयाँ पनि हुन सक्नेछन्। तर सम्पूर्ण प्रोजेक्टहरु मध्ये ७५-८० प्रतिशत चाँही अमेरिकामा रहेका नेपाली समुदायको हितमा संचालन गरिनेछ। नेपालमा गरिने केही प्रोजेक्टहरु बाहेक सम्पुर्ण योगदान आइसीसीका प्रोजेक्टहरुलाई नै सहयोग पुग्ने गरी गरिनेछ । आइसीसीको तिनै प्रोजेक्टहरुमा सहभागी हुनु एनसीसीहरुको कर्तब्य हो भन्ने कुरा मैले बुझेकी छु र मेरो कार्यकालमा त्यसै गरिनेछ।

. ब्यबस्थापन बारे
हप्तामा ५ देखि ६ दिनसम्म, दैनिक ८ घण्टा खोल्ने कार्यालय हुनेछ। कार्यालय संचालन गर्न एकजना म्यानेजर हुनेछन। श्रोत बिकास गर्न एकजना श्रोतबिकास गर्ने विशिष्ट व्यक्तिलाई सेवा दिन अनुरोध गरिनेछ।
. कोषाध्यक्षको नेतृत्वमा अमेरिकी कानुन अनुसार बुककिपिंग कम्पनीलाई संस्थाको आर्थिक हर हिसाब अध्यावधिक गरिने ब्यबस्था गरिनेछ।च्याप्टरहरुको लेखा संस्थाको बिधान अनुसार संचालन गरिनेछ। च्याप्टरहरुको अडिट दुइखाले हुनेछ, प्रोग्राम अडिट र लेखा अडिट। च्याप्टर होस् या केन्द्र सम्पूर्ण भुक्तानी प्रक्रिया चेकबाट हुनेछ। कार्यक्रमहरुको आम्दानीलाई केन्द्र या च्याप्टरको खातामा जम्मा गरेपछि मात्र खर्च गर्न मिल्ने कुरालाई कडाइका साथ लागु गरिनेछ। यसबाट हरेक सदस्यहरुको योगदान सही ठाउँमा खर्च भएको हुनेछ।
५. इस्यू/प्रमुख मुद्दाहरुबारे
मेरो प्रमुख मुद्दाहरु भनेको नेपाली समुदायलाई लर्निङ्ग कम्यूनिटी बनाउनतिर अगाडि बढाउने हो। यसर्थ यो कार्यकालमा नयाँ प्रोजेक्ट, परियोजना र पूर्व कार्यकालका नियमितता गरी निम्न इस्यूहरुको ब्यबस्थापन गरिनेछ। यिनै आधारमा प्रोजेक्ट र सो कार्यान्वयन गर्ने कमिटीहरुको गठन र ब्यबस्थापन गरिने छ।
संस्थागत बिकास
स्थानीय संघ-संस्थाहरुसँग  सहकार्य
NRNA का अग्रजहरुको सम्मान
योजना, अनुगमन र मुल्यांकन
नेतृत्व बिकास
ब्यापार,व्यवसाय र लगानी प्रबर्धन
देबघाट वृद्धाश्राम प्रोजेक्ट
युवा बिकास र सहभागिता
महिलाहरुको क्षमताको बिकास र रोजगारीमा थप सिर्जनशीलता र धेरै आम्दानी हुने खालका कामको अवसर बनाउने प्रोजेक्टहरु
खेलकुद ब्यबस्थापन र संचालन
कलाकारहरुको लागि विविध कार्यक्रम
नेपाली मल्टाइ कल्चर/सांस्कृतिक ब्यबस्थापन र बिकास
पब्लिक हेल्थ
अध्यागमन र ब्यबसायिक कानुनी परामर्श
प्राबिधिक परियोजनाहरु
सदस्यहरुको सहयोग, बेनिफिटहरु
आकस्मिक सेवा र नीतिगत ब्यबस्थापन
कुटनैतिक सम्बन्धको बिकास
अन्तमा
यी सबै कुराहरु पुरा गर्न, एउटा उत्कृष्ट एनसीसी बनाउन तपाइहरु सबैले यो पटक गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्ष पदमा म रविना थापालाइ मत दिएर काम गर्ने मौका दिनुहुनेछ भन्ने आशा र अनुरोध गर्दछु।
तपाईंहरुको सल्लाह,सुझाव र प्रोत्साहनको म सधैं स्वागत गर्नेछु |भवदीय:रविना थापा
अध्यक्षको उम्मेदवार
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

प्रतिक्रिया