नर्थ क्यारोलिनाका एक जोडीले ३० बर्ष कै सेरोफेरो उमेरमा यसरी अवकास लिए : उत्कृष्ठ नमूना

इनेप्लिज २०७४ साउन २ गते २:०५ मा प्रकाशित

किर्तिमान अविश्वसनीय कुरामा हुन्छ l विश्वमा निरन्तर अपत्यारिलो कुरामा ईतिहास तोडिन्छ l यस्तै अमेरिकाका एक जोडीले अमेरिकामा अवकास लिने समय भन्दा झन्डै आधा उमेरमा अवकास लिएर सवैलाई आश्चर्य बनाई दिएका छन् l अमेरिकमा मानिसले प्राय जसो ६२ बर्षको उमेरमा अवकास लिन्छन l तर नर्थ क्यारोलिनाका ३ बालबालिकाका मातापिताले ३० बर्षको सेरोफेरोमा सेवा निवृत भएका छन l

नर्थ क्यारोलिना रलिका ३८ बर्षिय पिता जस्टिन म्याककरी तथा ३३ बर्षिय माता कैसोर्नले यो उमेरमा सेवा निवृत भै अमेरिकन जीवन शैली तथा सबै समुदायलाई चकित पारि दिएका छन् l यस्ता घटना बिरलै मात्र सुन्न र पढन पाइन्छ l

जस्टिनले सन् २०१३ मा ३८ बर्ष को उमेर र कैसोर्नले ३३ बर्ष को उमेरमा अवकास लिएका हुन् l उनीहरुले यस पछाडिका रहस्य तथा योजना बारेमा सीएनबिसी संग कुरा गर्दै आफुहरुले कहिले पनि ६ अङ्क को तलब पाउन सकेनौ भने l जस्टिनले ६९ हजार बार्षिक तलव हुँदा कैसोर्न को ७४ हजार बल्ल बल्ल भएको उल्लेख गर्दै १० बर्षमा १० लाख डलर बचत गरि अरुले लिने अवकासको उमेर भन्दा १० आधा उमेरमा अवकास लिन सकेको जनाएका कुरा सिएनबिसी ले लेखेको छ l

अन्तर्वार्ता कै क्रममा आफुहरुले चिट्ठा जितेको पनि हैन न पैतृक सम्पत्ति प्राप्त गरेर नै यो उमेरमा अवकास लिएका हौ भनि जवाफ दिएका हुन् l उनीहरुले निरन्तर पैसा बचत गर्दै न्युनतम बजारमा लगानी गरे पछि सम्भव भएको सीएनबिसीलाई जानकारी दिए l

सन् २००४ देखि नै योजना मस्तिस्कमा राख्दै कानुन बिषयमा जस्टिनले अध्ययन समाप्त गरे पछि आफु काम गरेको र कैसोर्न कानुन बिद्यालयमा रहदा ४८ हजार मात्र तलव रहेको बताएका थिए l

उनीहरुले सन् २००४ मा ४९ हजार तलव भएता पनि १५ हजार डलर बजारमा लगानी गरे पछि ६४ हजार डलर भएको जनाएका छन् l एक दशक भित्र विवेक पूर्ण गरिएको बजार लगानीमा वृद्धि भएर झन्डै १० लाख भन्दा ज्यादा भएको उल्लेख गरेका छन् l

जस्टिन ले अन्तर्वार्ता कै क्रममा महा बिद्यालय(कलेज ) मै अध्ययन कै शिलशिलामा आफ्नो ध्यान कसरी बचत गर्ने र भुक्तानी गरि अझ प्रसस्त बचाउने मा ज्यादा ध्यान जाने बताएका थिए l

महा बिद्यालय को पढाई केहि बर्ष सके पछि आफुले कसरि छिटो अवकास लिने बिषयमा यस्ता प्रकारका सेवा पुर्याई रहेका संस्थाहरु बारेमा ज्यादा अध्ययन गर्ने चर्चा समेत गरेका थिए l

शिघ्र रुपमा सानो उमेरमा अवकास लिएका हरुका सफलताका कहानी पढ्ने र आफु २५ बर्ष को मात्र हुँदा पुगी सरि आउने हुने र आर्थिक पक्षमा स्वतन्त्र हुने र एक दिन छिटो अवकास लिने भन्ने मस्तिष्क मा लिएर हिडेको नतिजा हो भनेका छन् l

जोडीले खर्च लाई भरि कटौती गर्दै जसरि भए पनि बचाउने योजनामा लागेको खुलासा गरेका थिए l आफुलाई नै कसरि छिटो भन्दा छिटो धेरै बचत गर्ने ,खर्च कम गर्ने ,मितव्ययी हुने र लगानी गर्ने बिषयमा आफैलाई सवाल गर्ने र जवाफ दिने गर्ने गरेका थिए l

जस्टिनले आफ्नो तीन बर्षको आफ्नो औसत खर्च गरेको गम्भीरता पूर्वक अवलोकन गर्दै आफ्नो मष्तिस्कमा बार्षिक २४ हजार डलर भन्दा ज्यादा खर्च गरिने छैन दृढ संकल्प गरेका थिए l उनले घर ,सवारी साधन ,किनमेल ,लुगाफाटा आदि ईत्यादी को खर्च अवकास पछि पनि निरन्तर हुने हुँदा अन्य खर्चलाई एउटा निश्चित बिन्दुमा खर्चिने योजना बनाएका थिए l

उनीहरुले अन्य बिबिध खर्च लाई सन् २०१५ मै सवै भुक्तानी गर्न सफल भएका थिए l अमेरिकामा कम उमेरमा सेवा बाट निवृत हुनु असम्भव हुन्छ l तथापी अमेरिकामा यस्ता कृतिमान कायम राख्ने दम्पत्ति पनि रहेका छन् l सवैको लागि उनीहरु प्रेरणाका श्रोत पनि बनेका छन् l

 

तस्बिर श्रोत :सीएनबिसी

 

प्रतिक्रिया