नेवा: नख: न्युयोर्कको आयोजनामा चौंथो सामुहिक ईही (बेलबिबाह) भव्यताका साथ सम्पन्न।

इनेप्लिज २०७४ असार २७ गते १९:३८ मा प्रकाशित

नेवा: नख: न्यूयोर्कको आयोजनामा, नेपाल संवत ११३७ दिल्लाथ्व गुरु पुन्ही (Sunday July 9, 2017) का दिन, न्यूयोर्कमा चौथौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्तश्री बज्राचार्यज्यूले नेवा: बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख: न्यूयोर्कका अध्यक्ष राजा शाक्यले थाकुलि ( अध्यक्षता) भै सहयोग गरी पुजा गर्नु भएको थियो।

नख:का सचिव डा. नरेश मान शाक्य द्वारा संचालित उक्त कार्यक्रममा नख:का कार्यबाहक अध्यक्ष श्री राजा शाक्यज्युले नेपाल भाषा, संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिंदै स्वागत गर्नु भयो। महासचिब श्री महेन्द्र बिर बज्राचार्यज्युले संस्थाको परिचय, उद्देश्य र गतिबिधि बारे जनाकारी गराउनुभयो र संस्थाका सल्लाहकार श्री अजय मान छोचूंज्युले इही को महत्वबारे प्रकाश पार्नुभयो।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा ९ जना बालिकाहरु सहभागी रहेका थिए । ईही गर्ने बालिकाहरु आलिया महर्जन, आयुशी बज्राचार्य, ईभान्सी महर्जन, ईप्शा महर्जन, कृषा महर्जन, लिजला मानन्धर, श्रृटी श्रेष्ठ, सिमोन डंगोल र येशिला महर्जन थार्चेन रहेका थिए ।

कार्यक्रममा उनीहरुका अभिभावकहरु, पत्रकारहरू, समुदायका सदस्यहरू, अमेरिकन अतिथीहरू लगायत भरजिनिया, बस्टन, डेलावएर, मेरील्याण्ड र न्युजर्सी बाट पनि अतिथिहरू आउनु भएको थियो। उक्त कार्यक्रमा १५० जना जतिको उपस्थीति रहेको थियो ।

उक्त अवसरमा संस्थाका उपाध्यक्ष श्री विष्णुमान प्रधानज्यूले कार्यक्रममा उपस्थित सवै सहभागी, अतिथि र सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

अमेरिकाबाट नेपालमा गएर ईही गर्दा धेरै खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित भएको आयोजक संस्था नेवा: नख: न्युयोर्कका उपाध्यक्ष विष्णुमान प्रधानले जानकारी दिनुभयो । यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृतिको समेत संरक्षण र प्रबर्दन हुने उहाँको भनाई थियो ।

महिला स्वयमसेवकहरू नख:का सदस्यहरू नम्रता प्रधान, बिमला श्रेष्ठ, संगीता छोचूं, श्रुति अमात्य, अनिता बज्राचार्य, श्रीकमल शाक्य, उजिला प्रधान, लघु शाक्य, मोहिनी करेमाचार्य, कमला प्रधान, र पद्मा प्रधानहरूले सहभागीहरूकालागी पुजा तयारी र सगुन वितरण गरेका थिए भने, पुरूष स्वयमसेवक सदस्यहरू रमेश नकर्मी, दिपक कुमार प्रधान, देवेन्द्र बज्राचार्य, सुजन श्रेष्ठ, सुमन कर्माचार्य, सुनित श्रेष्ठ, निकेश महर्जन, उमेश श्रेष्ठ र मिल्लेनियम श्रेष्ठले कार्यक्रममा उल्लेखनीय सहयोग पुर्याउनुका साथै सहभागीलाई ब्यबस्थित तरिकाले समय बजी खुवाएका थिए। बिहानको ब्रेकफास्ट को स्पोन्सर स्वयमसेवी पद्मा प्रधानज्यूले गर्नु भएको थियो ।

ईनेप्लीज डटकमकी रेसिडेन्ट रिपोर्टर सच्चि मैनालीले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेकी थिईन,जुन संसार भरिबाट करीब सत्तरी हजार दर्शकले हेरेको अनुमान थियो। फोटोग्राफर भक्त तामांगले कार्यक्रमको फोटो खिचेका थिए ।

नेवा: नख: न्युयोर्क नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो । यो संस्थाले समुदायको हिरतका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै आएको यो संस्थाका कार्यवाहक अध्यक्ष राजा शाक्य, उपाध्यक्ष विष्णु मान प्रधान, महासचिव महेन्द्र बीर बज्राचार्य, सचिव डा. नरेश मान शाक्य, कोषाध्यक्ष मनोज कुमार महर्जन, सदस्यहरु रमेश नकर्मी, किरण शाक्य, नम्रता प्रधान, मिना श्रेष्ठ, प्रज्वल प्रधान, बिमला श्रेष्ठ, संगिता छोंचू, सुजन श्रेष्ठ, देबेन्द्र बज्राचार्य र संजन प्रधान रहेका छन् र संस्थाका सल्लाहाकार अजय मान छोचूं हुनुहुन्छ ।

प्रतिक्रिया