नेपाल पार्क पुस्तकालय निर्माण अभियान-हार्दिक अपिल

इनेप्लिज २०७४ असार २६ गते २२:०३ मा प्रकाशित

 

First Nepal Park Library Campaign

सभ्य र शिक्षित समाजको परिकल्पनाको अवधारणा अनुरुप काठमाण्डौ महनगरपालिका ३२ सचेतमार्ग ब्लक न २ पेप्सिकोला टाउनप्लानिङमा रहेका श्री कपुर गार्डन भित्र नेपालकै प्रथम पार्क पुस्तकालय First Nepal Park Library निर्माणको लागी हमीले झण्डै ८ महिना देखी हामीले स्वदेश तथा विदेशमा रहनुभएका हितकारी, मनकारी एवम परोपकारी दाज्युभाइ तथा दिदी बहिनीहरुलाई नैतीक एवम आर्थिक सहयोगका लागी अपिल गरेका थियौ ।

२०७४ जेठ् १३ गते शनिवार May 27, 2017 निर्माणको लागि शिलान्यास समेत भैसकेको तर निर्माणका लागी बिभिन्न निकायबाट सिफारिस र स्वीकृती लिनुपर्ने भएकाले हामीले निर्माण कार्यलाई समयमा शुरु गर्न सकेनौ यसमा क्षमाप्राथी माग्दै अहिले सम्पूर्ण प्रकृया सकेर निर्माणको कार्य शुरु भैसकेको यहाँहरुसबैलाई जानकारी गराउँदछ ।

अबको तिन हप्ता भित्र नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ यसर्थ बिभिन्न देशमा रहनु भएका हाम्रा मित्र, अभिन्न मित्र, शुभचिन्तक एवम अभियन्ता मित्रहरुलाई यो एैतिहासिक अभियानमा आ आफ्नो तह तप्काबाट पूर्णसाथ र आर्थिक सहयोगको लागी हार्दिक निबेदन गर्दछौ ।

बिकु लामा
अध्यक्ष एबम पार्क पुस्तकालय अभियन्ता
प्रथम नेपाल पार्क पुस्तकालय काठमाण्डौ
श्री कपुर गार्डेन

नवराज आचार्य
अन्तर्राष्ट्रिय संयोजक एबम पार्क पुस्तकालय अभियन्ता
हाल इजरायल

बिस्तृत जानकारी को लागि यहाँ थिच्नु होला :

https://www.gofundme.com/first-nepal-park-library-campaign

प्रतिक्रिया