बिचारको द्वन्दका बिच नेपाली समाज युएई को अधिबेसन अधुरो : अब कहिले हुन्छ पुरा ?

इनेप्लिज २०७४ असार २४ गते २३:२३ मा प्रकाशित

निमकान्त पाण्डे , जुलाई ८ दुबई। नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक सस्था युएई मा कार्यरत नेपाली श्रमिकहरुका लागि निरन्तर हितमा काम गर्दै आएको थियो l उहि साझा सस्था नेपाली समाज युएई आज १३ औ अधिबेशनमा आई पुग्दा बिवादका कारण निर्बाचन स्थगित हुन पुगेको छ ।

बेला बेलामा यस किसिमका बिबाद अबरोह छिचल्दै आएको युएई को नेपाली समाज अबस्य पनि केहि समय भित्रै नया कार्यसमिति चयन हुनेछ भन्ने मा आसाबादी रहनै पर्छ।

शुक्रबार दुबई मा भएको कार्यक्रमका प्रमुख अतिथि युएईका लागि कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन रहेका थिए भने बिभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई दुई चरण बि भाजन गरिएको थियो जसमा प्रथम चरणलाई समाजका नि-बर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा महासचिब मणि भुर्तेलले संचालन गरेका थिए भने उपाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्दै समाजका सचिब सुरज भित्रिकोटेले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

नेपाली समाज रही युएई मा कार्यरत नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग र योगदान गर्ने समाजसेबी,पत्रकार,कलाकार,खेलाडी लाई समाजले सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा नेपाली सोसियल कल्बका अध्यक्ष शालिक सुबेदी, पत्रकार निमाकांत पाण्डे , मोहन बस्याल , शेखर चापागाई ,नेपाली समाजका साधारण सदस्य दिल पु:न, कलाकार दिपक गुरुङ (दिपिका) खेलाडी रिवाज न्यौपाने, निर्वाचन संयोजक गोबिन्द ढकाल, सदस्यहरु नानुकाजी आर्याल,पासांग शेर्पा, गणेश न्यौपाने र पर्सुराम्र पौडेल रहेका थिए ।

नेपाली समाज युएई ले गरेको पहिलो चरणको कार्यक्रम सफलता पुर्बक समपन्न भएको थियो। निर्बाचन समतिले संचालन गरेको दोश्रो चरणको कार्यक्रम सुरु भए लगतै निर्बाचन नियमावली सम्बन्धी बिबाद देखाउदै कार्यक्रम स्थल भित्र हो:हल्ला सुरु भएको थियो। एनआरएन युएई मा आबद्द केहि सदस्यहरुले निर्बाचन समितिको नियमावली र समाजको बिधान सम्बन्धी बिषयमा कुरा उठाएका थिए।

अध्यक्षका पदका लागि नि-बर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा र धादिंग समाज युएईका अध्यक्ष भिम कुमार अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सापकोटा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य हुन भने अधिकारी नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति युएई मा आबद्ध थिए । आफ्ना ब्याक्तिलाई निर्बाचित बनाउनु पर्छ मनस्थिति बोकि अधिबेशन हलमा रहेका केहि ब्याक्तिहरु द्वारा अप्रत्यासित रुपबाट निर्बाचन समितिलाई दबाब आइरहेको हलमा प्रष्ट आंकलन गर्न सकिएको थियो।

सापकोटाको राजीनामाको बिषयलाई लिएर कार्यक्रम स्थलमा तनाब सिर्जना भएको थियो । अध्यक्ष पदका लागी राजनीति दाैडधुप र संगठनबाट प्रत्यक्ष हस्तक्षेप सगै नेपाली समाज युएईको अधिबेसन नचाहने ब्यक्तिहरुको बिरोधका कारण निर्बाचन सफल हुन् सकेन। अध्यक्ष लागि उम्मेदवार दुवै जनाले राजनीति पदबाट राजीनामा नदिई चुनाब लड्न पाइदैन भन्ने बिषयमा बहस सुरु हुदै गर्दा कार्यक्रम स्थल हो:हल्ला,भाद्रगोलमा परिणत हुदै गर्दा अन्तिम अबस्थामा निर्बाचन समितिले निर्बाचन स्थगित गरेको छ।

आयोजक समितिले स्वयम सेबक बिना सुरु गरेको कार्यक्रम हलमा बिबादको अर्को कारण आयोजकले स्थानिय केही अरब मुलका व्यक्तिहरुलाई कार्यक्रममा प्रबेश गराए लगतै हलमा उपस्थित केहि नेपालीहरुले बिरोध समेत जनाएका थिए भने कार्यक्रम हलमा मदिरा सेवनगरि आएका केहि व्यक्तिहरुले चर्को स्वरमा गलत शब्दहरुको प्रयोग गर्दै होहल्ला गरेका थिए।

प्रतिक्रिया